पैसाको बलमा भोट माग्ने मेयरहरुलाई भोट नदिन आग्रह-नेता महत

722

वीरगन्ज २६ भदौ पैसाको बलमा भोट माग्ने मेयरहरुलाई भोट नदिन नेपाली काग्रेसका नेता प्रकाश शरण महतले आग्रह गरेका छन् । वीरगंजको होटल भिष्वामा नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले पैसा बोकेर आउँने मेयरले ५ बर्ष सम्म नगरलाई थेग्न नसक्ने बताएका थिए । उनले जनतामुखि नेताभए पैसा दिएर मेयर बन्दैनन् त्यसैले पैसा भन्दा विकास गर्न सक्ने जनप्रतिनिधिलाई भोट दिन आग्रह गरेका थिए । यसैगरी उनले मधेश केन्द्रित दलहरु छिन छिन मै पार्टीको नाम मात्रै परिवर्तन गर्ने पार्टी भएकाले देशको विकासको लागी नेपाली काग्रेस मात्रै भरपर्दो पार्टी भएको दाबी गरेका थिए । कडा प्रतिबाद गर्दै उनले नेकपा एमालेलाई सडकमा मात्रै चर्को नारा लगाउने तर कुटनितिक हिसाबले पहल गर्न नसक्ने पार्टी भएको आरोप लगाएका थिए । कार्यक्रममा सांसद अनिल रुगटा, जिल्ला विकास समितिका पुर्व सभापति जनार्धन सिंह क्षेत्रि, नेता राकेश सिंह, दिपेन्द्र चौहान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अजय यादवले गरेका थिए भने कार्यक्रम नेपाल प्रेस युनियन पर्साका सभापति राम नरायण कुर्मिको सभापतित्वमा समपन्न भएको थियो ।