×

वीरगंज २५ भदौ नेपाल लोकतान्त्रिक फोरमबाट वीरगंज महानगरपालिकाका वडा नं. २५ को उम्मेदवार आशुतोष चतुर्वेदीप्रति आकर्षण बढ्दै गएको उनका गाउलेहरु बताएका छन् ।

चतुर्वेदीले आफुले राजनीति विरासतमा पाएको र मेरा विरुद्धका उम्मेदवारहरु कोही योग्य नभएको आरोप लगाउदै युवा शक्तिलाई स्थानीय तहमा स्थापित गराउनका निम्ति आफु सक्रिय भएर लागेको बताएका छन् ।

आशुतोष चतुर्वेदीले भने यहाँको बाटोघाटोको विकास, बिजुली, पानी र सरसफाई जस्ता आधारभुत कुरामा सुधारको अनुभुति मैले गराउने छुँ, मानिसहरुको जीवनस्तरमाप्रगति नै प्रमुखअजेण्डा हो हाम्रो ।’बिगत ५० बर्षमानभएको विकास पाँच्बर्षमा गरेर देखाउने उनले उद्घोष समेत गरे ।

Back to top