राजपाका भातृ संगठन युवा मञ्चका पर्सा अध्यक्ष सहित कार्यकर्ताहरुले दिए राजीनामा

120

वीरगंज २४ भदौ, राष्ट्रिय जनता पार्टीका भातृ सगठन युवा मञ्च पर्साका जिल्ला अध्यक्ष सहित सयौंको संख्यामा रहेका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।
युवा मञ्च पर्साका जिल्ला अध्यक्ष शेष मुन्नाको नेतृत्व सयौंको संख्यामा नेता कार्यकर्ताहरुले आज वीरगंज महानगरपालिका वडा नं। २ छपकैयामा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी सामुहिक रुपमा पार्टी परित्याग गरेका छन । पार्टीमा आफुहरुले बिगत २ वर्ष देखि धन, मन र तनले अहोरात्र काम गरे पनि पार्टीले पैसाको लोभमा टिकट विक्रि गरेको आरोप लगाउदै आफु लगायत सबै जनाले राजीनामा दिएको बताए । सो अवसरमा पार्टीका वडा नं। २ छपकैयाका इकाई अध्यक्ष सलाउदिन मिया चुरिहार, महिला इकाई अध्यक्ष सुनिता साह, विद्यार्थी नेता निमा पोख्रेल, रिता देवी, मान्ती देवी, शनि गुप्ता, भुलन बैठा, बिजय कुमार उपाध्याय, संजय पटेल, अमिताब पटेल, राजकुमार पटेल, अमित बैठा, रुद्र नारायण सिंह, शेष सजिद, दिपनाराण सिंह, बेचु दास, शेष सोएब, कमरुदिन असमानी लगायत सहभागीहरुले पार्टी परित्याग गरेको जनाएका थिए ।


SHARE