नेकपा एमालेको पार्टी प्रवेश एवं घरदैलो कार्यक्रम

474

वीरगंज २३ भदौ नेपाल कम्युष्टि पार्टी एमालेको वीरगंज महानगर समितिले आज वीरगंजमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगंजको लालबङ्गला परिसरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नेकपा एमालेका पोलिट व्युरो सदस्य नागेन्द्र चौधरीले नेकपा एमाले मधेसी बिरोधी पार्टी नभई मधेसको विकासका लागि कुनै पनि मुल्य चुकाउन तयार रहेको पार्टी भएको चर्चा गर्नु हुदै पार्टीका सम्पूर्ण उम्मेदवारहरुलाई भारी मतले बिजयी बनाई मधेसमै ठुलो पार्टी बनाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेकपा एमालेबाट वीरगंज महानगरपालिकाको मेयरको उम्मेदवार बसरुदिन अंसारीले नेकपा एमालेकै सक्रियतामा दलित, गरिबहरुको उत्थानको लागि मधेसका २० वटा जिल्लामा जनता आवास कार्यक्रम मार्फत २० हजार घर निर्माण कार्य भइरहेको बताउनु भयो ।


SHARE