×

नेपाली कांग्रेस परित्यागगरी नगवा र बहुअरीका सयौ युवा फोरम नेपालमा प्रवेश

वीरगन्ज,भदौ २३ - संघीय समाजवादी फोरमका मेयरका उम्मेदवार विजय सरावगीले आफु चुनाव जितेपछि नगरवासीको सुख सुबिधालाई ध्यानमा राखि लोककल्याणकारी स्थानीय सरकारको प्रत्याभुति गराउन हरेक सम्भव प्रयत्न गर्ने बताउनु भएको छ । उहाले मधेस र मधेसी जनताको हकअधिकारका लागि संघर्षको पृष्टभुमीको इतिहास बोकेको आफ्नो पार्टी अहिलेको स्थानीयतहनिर्वाचनलाई जनताको सेवा र जनसरोकारमा कामगर्ने अवसरको रुपमालिएर उच्चउत्साहका साँथ अघि बढेको बताउनु भयो । पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दौ नेता सरावगीले वीरगन्जमहानगरको विकास र जनताको जीवनस्तर सुधारमा नयाँ मानक खडा प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

पार्टीका नगरअध्यक्ष मुकेश द्धिवेदीको सभापतित्वमा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा वीरगन्ज नगवाका ५० जना युवाहरु नेपाली कांग्रेस पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका छन् । सुब्बास कुमार पटेलको नेतृत्वमा सुरेन्द्र कुमार पटेल, मुकेश कुमार मन्डल ,रंजीत कुमार पटेल,ओमनाथ साह गोढ र चन्दन कुमार लगायतका युवाहरु फोरम नेपालमा प्रवेश गरेका हुन । प्रवेश गर्ने सबैलाइ मेयरका उम्मेदवार विजय सरावगी र पार्टीका जिल्ला प्रवक्ता रामनरेश यादवले अबिर लगाएर स्वागत गर्नुभएको थियो ।यसैगरी विभिन्न पार्टी परित्याग गरी रामगढवा बहुअरीका एक दर्जन युवाहरु फोरम नेपालमा प्रवेश गरेका छन् । झोटीगीरी र नरेश गीरीको नेतृत्वमा एक दर्जन युवाहरु फोरम नेपालमा प्रवेश गरेका छन् ।

संघीय समाजवादी पार्टीका वीरगन्जका मेयरका उम्मेदवार विजय सरावगी तथा उपमेयरको उमेदवार पिंकीयादवको नेतृत्वमा शुक्रबार वीरगन्जको मुख्य बजार तथा सिरिसियागाउमा घरदैलोसम्पन्न भएको छ । संघीय समाजवादी फोरम नेपालपर्साद्वारा घन्टाघर देखि आर्दशनगरसम्म भएको घरदैलो कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर उम्मेदवार विजय कुमार सरावगी र उप मेयर उम्मेदवार उम्मेदवार पिङ्कि यादवसंगै वाडनम्बर १२का अध्यक्षका उम्मेदवार मनोज कलवार ,कौशलकिशाभेर बर्णवाल,दिवाकर सुवेदी दिनेश साह र वडा नं. ३ का अध्यक्षका उम्मेदवार दिनेश सर्राफ पार्टीका जिल्ला उपाध्यक्ष सुन्दर कुर्मि ,नगर अध्यक्ष मुकेश द्धिवेदी ,पार्टी पवक्ता रामनरेश यादव ,युवा नेता नसिर खान समेतको सहभागीता रहेको थियो ।

यसैगरी वीरगन्जको श्रीसियाको तिनै टोलमा शुक्रबार बिहान भएको घरदैलो कार्यक्रममा घरदैलो कार्यक्रम सम्मपन्न भएको छ ।गाउ तथा सहरको पसल पसलमा पुगेको फोरमको चुनावी टोलीलाइ स्थानीयले स्वागत गर्दै फोरमको पक्षमा उत्साहित नारा लगाएका थिए । अगामी असोज २ गते हुने स्थानीय निकायको चुनावको लागि पार्टीको पक्षमा प्रचासप्रसार गर्दै फोरम पर्साले विहान र दिउसो घरदैलो कार्यक्रम चलाएपछि चुनावचिन्ह मशालको पक्षमा बढेको जनलहरले सम्पुण नगवासीलाइ उत्साहित बनाएको छ ।

घरदैलो सहभागि उम्मेदवार तथा पार्टीका नेताहरुले मशाल छापमा मतदान गर्न आग्रह गर्दै अगाडी बढीरह्दा स्वागतमा गाउका स्थानीयले मधेस र उम्मेदवारहरुको पक्षमा नारा लगाउदै फोरम नेपालका मशास छापमा अत्यधिक मतदिएर जिताउन प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।मधेसी एकता जिन्दावाद, ‘वीरगन्जको मेयर कस्तो, विजय सरावगी जस्तो,उपमेयर कस्तो पिंकी यादव जस्तो, वीरगन्ज महानगर,माशाल छापको लहर, मशालमा भोट हालौं, विजय सरावगीलाई विजयि बनाऔं’ लगायतका नाराहरु घरदैलो कार्यक्रम सहभागि स्थानीयले लगाएका थिए ।’
Back to top