प्रदेश नं. २ को चुनाव मधेश पक्षधर – नेता लेखक

118

बारा २३ भदौ नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रचार प्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले स्थानीय तह प्रदेश नं. २ को तेश्रो चरणको निर्वाचन मधेशको पक्षधर र मधेश विरोधी विचको जनमत संग्रह भएको बताउनु भएको छ ।
बाराको कलैया स्थित नेपाली काग्रेसको पार्टी कार्यालयमा प्रचार प्रसार समितिद्धारा आयोजित पत्रकार सम्मेलनमा लेखकले नेकपा एमाले प्रति लक्षित गर्दै तराई मधेशको विरोध गर्ने विरोधी पक्ष र तराईको पक्षमा वकालत गर्ने नेपाली काँग्रेस बीचको जनमत संग्रहको रुपमा असोज २ गतेको निर्वाचन हुने दावी गर्नु भयो । वहाँले भन्नु भयो,“तराई मधेशको माँग समेटन संविधान संशोधन हुन नदिने पार्टी नेकपा एमालेको पक्षमा मधेशी जनताले आफनो मत दिदैनन ।
वहाँले संविधानमा तराई मधेशको भावना समेटन नसकिएको स्वीकार्दै संविधानमा भएको त्रुटी सच्याउन नेपाली काँग्रेसले भविष्यमा पनि पहल गर्ने बताउनु भयो ।
वहाँले एमालेले तराई पहाड हिमाल बीच द्धन्द ल्याएर राष्ट्रियतालाई खतरामा पार्ने कार्यमा उद्धत रहेको आरोप लगाउनु भयो ।
तराई मधेशको भावना समेटन नसकिएको संविधान संशोधनको प्रस्ताव असफल भएपनि तराई मधेशको मुद्दा जिवितै रहेको काँग्रेस नेता लेखकको भनाई छ ।
मधेश केन्द्रित दलहरु विभक्त भएको बताउँदै नेता लेखकले मधेशको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउने क्षमता ती दलहरुमा नभएको तर नेपाली काँग्रेसले त्यसको पहल कदमी लिएको बताउनु भयो ।
तराई मधेश लोकतान्त्रिक आन्दोलनको जन्मथलो हो, काँग्रेस नेता लेखकले भन्नु भयो, “तराईको आवाज भनेको नेपाली काँग्रेस पार्टीको आवाज हो” वहाँले देशभरि मै पहिलो पार्टी बन्न चाहिने जति सिट नेपाली काग्रेसले २ नं. प्रदेशमा जित्ने दावी गर्नु भयो । फास्टट्रयाक, हुलाकी राजमार्गको निर्माण कार्य नेपाली काँग्रेसकै सहकार्यम ाबनेको सरकारले अगाडी बढाएको भन्दै पूर्व मन्त्री एवं नेपाली काग्रेसको प्रचार प्रसार समन्वय उपसमितिको केन्द्रिय संयोजक समेत रहनु भएका नेता लेखकले निजगढ अन्तराष्ट्रिय विमानस्थलको कार्यपनि नेपाली काग्रेस नेतृत्वको सरकारले छिट्टै अगाडी बढाउने आश्वासन दिनु भयो ।
चुनावी गठबन्धनको सन्दर्भमा सोधिएको एक प्रश्नको जवाफमा काँग्रेस नेता लेखकले मधेश र संघीयताको एजेन्डा बोकेका दलहरु सित नेपाली काँग्रेसले सहकार्य गरेको अस्पष्ट पार्नु भयो ।
नेपाली काग्रेसको बहुमत आएपछि संविधान संशोधन गरी मधेशको माँग पूरा गर्न नेपाली काँग्रेस कुनै कसर बाँकी नराख्ने काँग्रस नेता लेखकको भनाई छ ।