फोरम नेपालले गरे बीरगजं नगरको घोषणा पत्र सार्वजनिक

1693

बीरगंज,२२ भदौं  संघिय समाजवादी फोरम नेपालले बीरगंजको होटल भिस्वामा पत्रकार सम्मेलनको आयोजना गरी बीरगंज नगरको चुनावी घोषणा पत्र मेरो कसम सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले सो घोषण पत्र सार्वजनिक गर्दै देशकै औधोगिक नगरी तथा मधेश आन्दोलनको केन्द्र विन्दु बीरगंज नगरको विकासको लागि कुनै कसर बाँकी नराख्ने दावी गरेको छन् । पार्टीका तर्फबाट बीरगंज महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका विजय सरावगी र उपमेयर पिक्की यादव र प्रदीप यादवले  सो घोषणा पत्रमा जनता समक्ष गरेका वाचाहरुलाई समेटिएको छ ।