×

दिपक चौरसिया वीरगंज २० भदौ, वडा प्रहरी कार्यालय विर्ताले अबैध रुपमा भन्सार छलेर जम्मा गरेर राखेको करिव १५ लाख मुल्य बराबरको बिभिन्न कपडाका सामान सहित वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरिक्षक अनिष कर्णको नेतृत्वमा रहेको टोलीले बिशेष सुचनाको आधारमा उमाशंकर पण्डितको घर गोदाममा अबैध रुपमा लुकाई छिपाई भन्सार छलेर राखेको अवस्थामा बरामद गरेको हो । बरामद गरिएको बिभिन्न सामानहरू आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान पथलैया,बारा पठाउने तयारी भैरहेको।

तेस्रो चरणको स्थानीय निर्वाचन असोज २ गते हुन गई रहेको हुदा सोको आडमा हुन सक्ने अपराधिक क्रियाकलाप तथा भन्सार छली लगायतका क्रियाकलाप रोक्न बिर्ता प्रहरीले चेकजाँच तिब्र रुपमा थालेको छ ।

Back to top