गच्छेदारको पार्टीबाट वीरगन्जको मेयरमा विमल श्रीवास्तव लड्ने

3086

वीरगन्ज २० भदौ बिरगंज महानगरका मेयर पदमा राजपाको तर्फबाट पुर्व मेयर बिमल श्रीवास्तव, महासचिव राजेसमान सिहलाई उम्मेदवारको प्रतिसपर्दामा रहेका बेला आज राजपाको केन्द्रय निर्णय अनुसार राजेसमान सिहलाई मेयरको टिकट पाए पछि पुर्व मेयर बिमल श्रीवास्तव राजपा परित्याग गरेका छन । आज साझँ आफनो निवास अगाडी पुर्व मेयर बिमल श्रीवास्तवले आफनो कार्यकर्ता सहित विजय कुमार गच्छेदारको पार्टी फोरम लोकतान्त्रिक पार्टीमा जाने घोषणा गरेका छन । उनि सहित राजपाका सयौ कार्यकर्ताहरु पनि पार्टी परित्याग गरि फोरम लोकतान्त्रिक पार्टीमा जाने भएको राजपाको केन्द्रिय सदस्य दिपक तिवारीले यात्रा डेलीलाई बताएका छन ।