छोरीमैया श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई राहत सामग्री प्रदान

337

वीरगंज, १८ भदौ निःस्वार्थ मानवीय सहयोगी भाव र समाजसेवमा सक्रिय छोरी मैया श्रेष्ठ स्मृति प्रतिष्ठान काठमाण्डौ र वीरगंजका पत्रकारद्वय कन्हैया गुप्ता र सन्तोष मिश्रसहितको टोलीले रौतहटको राजदेवी नगरपालिका वडा नं. ४ बसतपुर, हजमिनिया“, पथरा, गरहिया“ लगायतका १२५ अति बाढी प्रभावित परिवारलाई राहत सामग्री प्रदान गरेका छन् ।
बाढी प्रभावित प्रत्येक परिवारलाई ६÷७ साइजको उच्च स्तरको झुल, ६÷७ साइजको सुकुल, टर्चलाईट, १५ लिटरको बाल्टीन, मग, खानेपानी शुद्ध गर्ने पीयूष, प्याड, नुहाउने तथा लुगा धुने साबुन–४ थान, जीवनजल–४, पारासिटामोल औषधि, ब्यान्डेज, कपास लगायतका सामग्री वितरण गरिएको छोरी मैया स्मृति प्रतिष्ठान काठमाण्डौकी अध्यक्ष सुजाता श्रेष्ठले जानकारी गराउनु भयो । त्यस्तै अति विपन्न परिवार मध्ये करिब २९ जनालाई साडी समेत दिइएको अन्जु मल्लले जानकारी गराउनु भयो । प्रतिष्ठान लगायत इजरायलबाट सीता पौडेल, वीरेन्द्र सिटौला, स्वीटजरलैण्डबाट अनन्त हमाल, काठमाण्डौबाट प्रियंका थापा, पत्रकार बिम्मी शर्मा, भरत दाहालको आर्थिक सहयोग, वीरगंज पानीटंकी स्थित आशाराम हस्पिटलका अध्यक्ष डा. अशोक दास र संचालिका निभा दासले जीवन जल लगायतको औषधी जन्य सहयोग गर्नु भएको थियो ।
त्यसैगरी खोल्चा पुखु महिला समुह ललितपुरको तर्फबाट मुना कोइराला लगायतका महिला दिदीबहिनीहरुले पानी शुद्ध बनाउने पीयूष र प्याड संकलन गरी उपलब्ध गराउनु भएको थियो ।
जनताको पीडा र समवेदनामा समेत राजनीति हावी भई वास्तविक बाढी प्रभावित जनताहरू समक्ष राहत पुग्न नसकेको अवस्थालाई  मध्यनजर गर्दै सहयोगी मनहरूले आप्mनो व्यक्तिगत तर्फबाट सहयोग उपलब्ध गराएकाले आफूहरुले मध्यस्तकर्ताको रुपमा बाढी प्रभावित समक्ष राहत पु¥याउन समन्वय गर्न लागिपरेको रिपोटर्स क्लव नेपालका केन्द्रिय सदस्य कन्हैया गुप्ताले जानकारी गराउनु भयो ।
उक्त राहत संकलन एवं व्यवस्थापनमा प्रत्यक्ष रुपमा काठमाण्डौबाट हरि तिमिल्सिना, वडा प्रहरी कार्यालय विर्ता पर्साका प्रहरी निरीक्षक अनिश कर्ण, लायन्स क्लव ३२५बी २ का एम्बेसडर अफ गभर्नर उमेश साह कानु थोक तथा खुदरा किराना व्यवसायी संघका अध्यक्ष शंकर महतो कोइरीले सहयोग गर्नु भएको थियो भने वितरणमा सो ठाउ“का पारस मिश्र, प्रवेश मिश्र, देवेन्द्र झा, प्रहरी चौकी बसतपुरका प्रहरी सहायक निरीक्षक यादवसहितको टोली लगायतले शान्तिपूर्ण वातावरणमा वितरण गर्न सहजीकरण गर्नु भएको थियो ।