वीरगन्जकाे बजारमा बकर–ईदमा खसीको मूल्य भाउ आकासियो

227

Share
  •  
  •  
  •  

वीरगन्ज १६ भदौ ईस्लाम धर्मावलम्बीहरुको महान् चाड बकर–ईदमा खसीको कुर्बानी दिने चलन रहेको कारण खसीको मूल्य वीरगन्जमा अकासिएको छ । यही रीतिरिवाजको कारण अहिले ईस्लाम धर्मावलम्वीहरु अहिले खसी किनमेल गरिरहेको छन् । अहिले ब्यापारीहरुले पर्वको मौकामा धेरै फाइदा लिन खसीको मुल्यमा डेढदेखि दुई गुणासम्म वृध्दि गरेका छन् ।
अन्य समयमा रु दश हजारमा बिक्री हुने खसी अहिले ब्यापारीले उपभोक्तालाई प्रन्ध्रदेखि बीस हजार सम्म र कसै–कसैले तीस हजारमा पनि बेच्दै छन् ।
पर्वको बेला खसीको मुल्यमा अस्वाभाविक रुपले बृध्दि हुँदा ईस्लाम धर्मावलम्बीहरुमा केही निराशा छाएको खसी किन्न आएको वीरगन्ज मुर्लीका स्थानीय नेक महमदले भने । बजारमा खसीको परिमाण कम भएको र यस्तै चाड–पर्वको बेला कमाई हुने भएकोले खसीको मुल्यमा बृद्धि गरिएको वीरगन्जका एक ब्यापारी हबिब मियाले बताए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here