नेता विजय सरावगीको घरदैलोमा जनलहर बढदै

330

वीरगन्ज १६ भदौ संघीय समाजवादी पार्टीका वीरगन्जका मेयरका उम्मेदवार विजय सरावगी तथा उपमेयरको उमेदवार पिंकीयादवको नेतृत्वमा वगही र अलौको कोनिया एवम वर्वामा घरदैलो सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा स्थानीयले फोरम नेपालका वीरगन्जका मेयरका उम्मेदवार सरावगी लगायत सबैलाइ चुनाव चिन्ह मशाल छापमा मोहर लगाएर सबै उम्मेदवारलाइ जिताउने प्रतिबद्धा व्यक्त गरेका छन् । पार्टीका जिल्ला तथा स्थानिय नेता एवम कार्यकर्ताहरुको व्यापक सहभागीतामा सम्पन्न भएको घरदैलो कार्यक्रममा स्थानिय समेतको उत्साह जनक सहभागीता रहेको थियो । अगामी असोज २ गते हुने स्थानीय निकायको चुनावको लागि पार्टीको पक्षमा प्रचासप्रसार गर्दै फोरम पर्साले विहान र दिउसो घरदैलो कार्यक्रम गरेको हो ।

घरदैलो कार्यक्रममा संघीय समाजवादी फोरम नेपालको तर्फका वीरगन्ज महानगपालिका मेयरका उम्मेदवार विजय सरावगी, उपमेयरका उम्मेदवार पिंकी यादव जिल्ला उपाध्यक्ष तथा नगर इन्चार्ज सुन्दर कुर्मी, पुर्वमन्त्री तथा केन्द्रीय सदस्य करिमा बेगम,पाटीका प्रवक्ता रामनरेश यादव, नगर समिति अध्यक्ष मुकेश द्विवेदी, तबरेज अहमद,युवा नेता नासिर खान, नेता तथा अगुवाहरुको सहभागिता रहेको थियो ।

घरदैलो कार्यक्रमका सहभागिहरुले मशाल छापमा मतदान गर्न आग्रह गर्दै अगाडी बढी रह्दा स्वागतमा टोलका स्थानीयले उम्मेदवारहरुको पक्षमा नारा लगाउदै फोरम नेपालका मशास छापमा अत्यधिक मतदिएर जिताउन प्रतिवद्धता समेत व्यक्त गरेका थिए । ‘वीरगन्जको मेयर कस्तो, विजय सरावगी जस्तो,उपमेयर कस्तो पिंकी यादव जस्तो वीरगन्ज महानगर,माशाल छापको लहर, मशालमा भोट हालौं, विजय सरावगीलाई विजयि बनाऔं’ लगायतका नाराहरु घरदैलो कार्यक्रम सहभागि स्थानीयले गुञ्यमान गरेका थिए ।’