मेयर र उपमेयरमा जलाई पनि टिकटपए हामी ईमान्दारी पुर्बक लागने छौ – चौरसिया

1738

Share
  •  
  •  
  •  

वीरगन्ज १५ भदौ राष्ट्रिय जनता पार्टीको वीरगन्ज महानगरपालीकाको मेयरका उम्मेदवार विमल श्रीवास्तबले मधेसमा मधेसीको अधिकारलाइ स्थापित गराउन राजपालाइ जिताउन पर्ने आवस्यकता रहेको बताउन भएको छ । वडा नं. ५ बुथकमिटी आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार श्रीवास्तवले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

उहाले मधेसको समृद्धी र विकासको लागी राजपाको साईकल चुनाव चिन्हमा छाप लगाएर अत्यधिक मतले सबै उम्मेदवारलाइ विजयी बनाउन अनुरोध समेत गर्नुभयो । राजपा पार्टीको बुथकमिटी वडा नं.५ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १७५ जना नेता तथा कार्यकर्ता राजपामा प्रवेश गरेका छन् । वडा नं. ५ का बुथ कमिटी ललन सिंहको अध्यक्षतामा सम्मपन भएको पार्टी प्रवेश कार्यत्रममा वीरगन्ज रेसमकोटी, जेलरोड, विर्ता लगायत ठाउबाट नितु खडका,मन्जु परियार,सुरेस पटेल,लबाक्त आलम लगायत १७५ जना नेता तथा कार्यकर्ता राजपामा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्ने सबैलाइ राजपावाट वडा नं. ५ का अध्यक्षका उमेदवार प्रदिप चौरसियाले सबै लाई श्वागत गर्दै आजको पर्टी प्रवेसबाट ५ नं.वडामा हामी पुर्ण बहुमतले हाम्रो टिम जितने छ र एक दुई दिनमा राजपा पार्टीले जसलाई पनि मेयर र उपमेयरमा टिकट दिए म र मेरा टिमका शाथी उनलाई नै जित दिलाउने कार्यमा ईमान्दारी पुर्बक लागने छौ यात्रा डेलीलाई बताए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here