मेयरको टिकट कन्फम भए पछि मात्र प्रचार प्रसारमा निस्किए – अजय द्विवेदी

1455

वीरगन्ज १५ भदौ नेपाली काँग्रेसबाट वीरगन्ज महानगरपालिकाको मेयरको टिकट पाउने कन्फम भए पछि आज देखि चुनावी प्रचारमा निस्कीएका छन अजय द्विवेदी आज वीरगन्ज महानगर पालिकाको २१ नं. बडामा आफना कार्यकर्ताहरु लिएर भोट माग्दै हिडेका छन । लामो समय देखि नेपाली काँग्रेस वीरगन्जको महानगर पालिकामा मेयर र उपमेयरको टिकटको विबाद पछि १४ गते वीरगन्ज नेपाली काँग्रेसको मेयरको टिकट आफुलाई पाउने टुगो लागे पछि मात्र द्विवेदी आज देखि चुनावी प्रचार प्रसारमा निस्कीएका छन ।

तर उपमेयरमा धेरै वीबाद देखे पछि केद्रिय नेताहरु धेरै विबादमा पर्न भन्दा पनि पुरानो काँग्रेसी महीला कार्यकर्तालाई टिकट दिनु पर्छ अडान लिदै शान्ति कार्कीको नाम अगाडी सारे पछि द्विवेदी कार्कीलाई लिएर प्रचार र सभामा द्विवेदी हिडेका छन । आजबाट द्विवेदी २१ नं.वडामा बृहत महिला भेलाबाट चुनावी प्रचार र सभामा शुरूवात गरेका छन ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला विशिष्ट अतिथिमा नेपाली काँग्रेस पर्सा सभापति एवं बिरगंज महानगर पालिकाको मेयर पद्का उम्मेदवार अजय द्विवेदी,महासमिति सदस्य श्याम पटेल,महाधिवेशन प्रतिनिधि प्रकाश उपाध्याय, क्षेत्रीय सभापति अरबिन्द गुप्ता,तरुण दल अध्यक्ष बिरेन्द्र पटेल ,राधेश्याम चौरसिया एवं ने.बि. संघको बिशेश उपस्थिति रहेको थियो । .