वीरगन्जमा प्राय मेयर र उम्मेदवारको टुंगो,फाेरममा उपमेयरमा पिक्की यादब

2758

Share
  •  
  •  
  •  

बीरगन्ज १२ भदौ प्रदेश न २ को स्थानीय तहको निर्वाचनको प्रचारप्रसार सबै दलहरुले सुरु गरेका छन् । बीरगन्ज महानगरपालिकाको मेयर उपमेयरका उम्मेदवारको टुंगो लगाइसकेका दलहरुले घरदैलो प्रचार सुरु गरिसकेका छन् भने टुंगो लगाउन बाँकी दलहरुले पार्टी प्रवेश, भेला र बैठक गरिरहेका छन् । संघीय समाजवादी फोरमले मेयरमा उद्योगपति बिजय सरावगी र उपमेयरका उम्मेदवार पिक्की यादबको नाम टुंगो लगेकाे छ । पिक्की यादव प्रदिप यादवकी श्रीमति हुन । फोरमले आक्रामक प्रचार शैली अपनाएको छ । घरदैलो प्रचार, पार्टी प्रवेश र वडा प्रचार कार्यालय खोल्ने कार्य गरिरहेको फोरमका नेता पवन तिवारीले जानकारी दिए ।
नेपाली कांग्रेसले मेयरको उम्मेदवार पूर्वसभासद एवं पार्टीका जिल्ला अध्यक्ष अजय द्विवेदीलाई बनाउने भए पनि निर्णय गरिसकेको छैन । उपमेयरको उम्मेदवारको टुंगो नलागेकोले ढिलाइ भएको एक नेताले बताएका छन् । यता औपचारिक रुपमा टुंगो नलगाउँदै मेयरका उम्मेदवार द्विवेदीले प्रचार अभियान सुरु गरिसकेका छन् । उनले मोटरसाइकल ¥याली, भेला र बैठक तिब्र गतिमा अघि बढाएका छन् । मेयरका अधिकांश आकांक्षीहरुले वडाध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहेको बुझिएको छ । पर्साको १ न क्षेत्र पूरा महानगरपालिकाभित्र पर्छ । क्षेत्र न १ बाट नेपाली काग्रेसका राजेन्द्रबहादुर अमात्य बिजयी भएकाले पनि उसले प्रतिष्ठाको बिषय बनाएको छ ।
माओवादी केन्द्रले मेयरमा युवानेता रहबर अन्सारीलाई अघि सारे पनि निर्णय गरेको छैन । पार्टीको अन्तरकलह र कांग्रेससित सहकार्य हुने चर्चाले माओवादी उम्मेदवारको बारेमा अन्योल छ । कांग्रेसले उपमेयरको उम्मेदवार चयन नगरेकाले पनि यो चर्चाले स्थान पाएको छ । यता रहबर अन्सारीले सामाजिक संजालमा आफ्नो उम्मेदवारीको भिडियो बनाइ युवामाझ चर्चित बनेका छन् । साथै घरदैलो पनि सुरु गरिसकेका छन् ।
राजपा नेपालले उम्मेदवार चयन गर्न १३ गतेसम्मको समय लिएर पर्यवेक्षक जिल्लामा पठाइसकेको छ । शुक्रबार उम्मेदवार चयन गर्न बोलाएको भेलामा भिडन्तको अवस्था देखेपछि स्थगित गरिएको थियो । हिजो अबेर रातिसम्म ३१ जना पदाधिकारी र केन्द्रीय सदस्यहरुले मेयरको आकांक्षीमा नाम लेखाएका छन् । राजपाबाट बीरगंजको मेयरमा राजेशमान सिंह र बिमलप्रसाद श्रीवास्तव र सुरेन्द्र कुर्मी मुख्य प्रतिस्पर्धा देखिएको छ । विमलप्रसाद श्रीवास्तव चार पटक बीरगन्जको मेयर बनिसकेका छन् । विकासप्रेमीको उपाधी पाएका श्रीवास्तवले टिकट पाउनुपर्ने अध्यक्षमण्डलका ५ जनाको जोड रहेको श्रीवास्तवको दाबी छ । यता राजेशमानले आन्दोलनमा लोकप्रियता कमाएका थिए । सिंहले यसअघि सभासदमा रामसपाबाट उम्मेदवारी दिएका थिए । सिंह युवाबीच लोकप्रिय नेता हुन् । नेकपा एमालेले बसरुद्धिन अन्सारीलाई मेयर र सोफिया आचार्यलाई उपमेयरमा उम्मेदवार बनाउने निर्णय गर्दै अधिकांश वडाध्यक्षमा पनि टुङ्गो लगाइसकेको छ । राप्रपा र फोरम लोकतान्त्रिकले पनि उम्मेदवार को टुंगो लगाउन सकेका छैनन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here