मध्य नेपाल डटकम वेभसाईट वीरगन्जमा सञ्चालन

859

वीरगन्ज १२ भदौँ महिला सञ्चारकर्मिहरुको सक्रियतामा प्रकाशित ‘मध्य नेपाल सन्देश’ पत्रिकाको पहिलो वार्षिकोत्सव समारोह कार्यक्रम आज वीरगंजमा समपन्न भएको छ । नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा पत्रिकाले आफ्नो पहिलो वार्षिकोत्सवको अवसर पारेर मध्य नेपाल डट कम वेभसाईट सञ्चालनमा ल्याएको छ ।
कार्यक्रममा पर्साका निम्ति प्रमुख जिल्ला अधिकरी दुर्गादत्त पौडेलले मध्य नेपाल डट कम वेभसाईट क्लिक गर्दै वेभसाईटको उदघाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै निम्ति प्रजिअ पौडेलले पुरुष पत्रकारहरुको भिडमा महिलाहरुकै सक्रियतामा प्रकाशितमध्य नेपाल पत्रिकाको चुनौति धेरै भएपनि अवसरहरुको खाजि नेपाल पत्रकार महासंघ र अरु सम्बद्ध संघ संस्थाहरुले व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए । प्रतिष्पर्धि युगमा स्वस्थ्यकर प्रतिष्पर्धा गर्न आग्रह गर्दै निम्ति प्रजिअ पौडेलले समाजलाई लाभ हुने खालका सामाचार प्रकाशित प्रशारित गर्न आग्रह गरेका थिए । स्थानिय निकायको निर्वाचन नजिकिदै गर्दा चुनाव लगयतको गतिविधि समेत समेटेर मध्य नेपाल पत्रिका र वेभसाईट सिङ्गो नेपालको सन्देश बन्न सकोस् भन्दै उनले शुभकामना दिएका थिए ।
सञ्चारकर्मी लक्ष्मी खरेलले स्वागत गरेकी कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले महिलाहरुले प्रकाशित गर्दै आएको यस पत्रिकाले पाठकहरुलाई चाहिने फरक प्रकारका खुराक ल्याएर पुरुष सञ्चारकर्मिहरुलाई समेत चुनौति थपेको थपेको बताएका थिए । उनले पत्रपत्रिकाको भिडमा शहि सुचना प्रवाह गरि पाठकहरुबाट कुनैपनि प्रकारका गुनासाहरु नआउनु नै समाजमा स्थापीत हुन खोजेको सन्देश दिनु भएकाले दैनिक पत्रिका सञ्चालन तर्फ यस सञ्चार गृहले अगाडी बढ्नु पर्नेमा सुझाव दिएका थिए ।
यसैगरी उधोग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ताले देशकै आर्थिक नगरिबाट प्रकाशित यस पत्रिकालाई बारा, पर्सा मात्रै नभई सिङ्गो २ नम्बर प्रदेशको समेत प्रतिनिधित्व गर्न सक्नुपर्नेमा जोड दिएका थिए । देशभर नै नगन्य रुपमा महिलाहरुको सक्रियतामा प्रकाशन हुने यस्ता पत्रिकाले खोज मुलक समाग्रि पाठक समक्ष पस्किदै सबैको मन जित्न सफल हुने शुभकामना दिएका थिए ।
कार्यक्रममासञ्चारकर्र्मिहरु लक्ष्मी खरेल,माया मितु न्यौपाने, माधुरि महतो,तुलसी भण्डारी,विमला गुप्ता, निलम पन्त, ईश्वरी श्रेष्ठ, सन्ध्या पौडेल, सल्मा खातुन, गिता भण्डारी, शोभा धमला, कमला गिरी, हरिशंकर शर्मा,बलिराम साह, शबनम श्रेष्ठ, दिपज्योती श्रेष्ठ, नवराज घिमिरे, पंडीत छविरमण सुवेदी,पर्साका ग्रामिण भेगबाट स्वस्तिका गिरी, मुस्कान चौधरी र बाराकी सुप्रिया ढकाल, अम्बिका खतिवडा, विदुर खड्का, राजु साह काठमाडौँका रसना ढकाल, नविन गिरी लगायतकालाई प्रंशासा पत्र प्रदान गरेको थियो भने कार्यक्रममा विभिन्न प्रकारबाट सहयोग गर्नुभएका अधिवक्ता कमल मोहन पोखरेल, उपेन्द्र चौरसिया, प्रियका गुप्ता, पुजा सुवेदी, कोपिला चौलागाई, अन्जली चौहान, चाँदनी आर्ट, भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, पौडेल अफसेट प्रेस, शकुन्तला ढकाल, आकषर्ण व्युटीपार्लर, संन्तोषी व्युटिपार्लर, फेमिन व्युटीपार्लर लगायतकोलाई मायाँको चिनो प्रदान गरेको थियो ।
कार्यक्रममा प्रहरी उपरिक्षक सुदिप गिरी, नेपाली काग्रेसकी नेतृ शान्ति कार्की, पत्रकार महिला समुहकी संयोजक लक्ष्मी खरेल, नेपाल रेडक्रश सोसाईटि पर्साको उप सभापति मधु राणा, नेपाल अपाङ्ग संघकी कोषध्यक्ष दिव्य लक्ष्मी शाक्य, राजपा नेतृ रम्भा मिश्र, आशाराम होस्पिटलकी सञ्चालक निभा दास, नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य सुष्मा शर्मा, बारा जिल्लाकी अधिकारकर्मी बबिता जैसवा, उधोग वाणिज्य संघका मनोज उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।
पत्रिकाका प्रकाशक एवंम् सम्पादक कविता खड्काको सभापतित्वमा समपन्न कार्यक्रममा उनले एक वर्ष पुगेको अवसरमा मध्य नेपाल डटकम सञ्चालनमा ल्याएको र यस साप्ताहीक पत्रिकालाई चाडै नै दैनिकमा समेत सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेकी थिईन् ।
बुझदा कुनै विबाद नभएको पुर्व प्रधान मन्त्रि भएको ले माधव नेपाल जीलाई हामी सुरक्षा दिएका छौ ।


SHARE