उतपिडितको अवाज र मधेशको बिकाशको लागि राजपा नेपाल- महामंत्री जितेन्द्र सोनल

628

वीरगन्ज १२ भदौ बाराको प्रसौनी गांउ पालिकाको वाड नम्बर चार ४ मा आयोजित चुनाबि सभा लाई सम्बोधन गर्दै राष्ट्रीय जनता पार्टीका महामंत्री जितेन्द्र सोनलले दलित, मधेशी , मुस्लिम उतपिडितको आवाज तथा मधेशको बिकाशको लागि एक मात्र पार्टी राजपा नेपाल भएको बताउनु भएको छ । बिगत को दिन हरूमा कंग्रेश एमालेले स्थानिय तह जितेर पनि मधेसको बिकास गर्न नसकेको ले अब मधेसमा पहाडी पार्टीको औचित्य समाप्त भएको र मधेश को बिकसको लागि मधेसी पार्टीको नै आवश्यकता रहेको नेता सोनलले बताउनु भएको छ । संबिधान संसोधनमा एमाले पार्टी मधेशको पक्षमा मतदान नगरेकोले संसोधन प्रस्ताव फेल भएको बताउनु भएको छ । मधेशको अधिकारको बिपक्षमा मतदान गर्ने एमाले लाई मधेशी जनताले अब जानि सकेको र मधेश बिरोधी एमाले लाई मधेशी जनताले मतदान नगर्ने बताउनु भयो । कार्यक्रममा पार्टी को नेता रामचन्द्र सिंह , के सदस्य मुस्तकिम अंसारी , के स्दस्य अजहर मंसुर , बिधार्थी संगठन बारा संयोजक संतोष यादबले समेत मन्तबय राख्दै मधेस को अधिकार सुनिश्चित गराउन को लागि मधेसी जनता ले साईकल मा मतदान गर्न अनुरोध गरेका थिए ।