×

वीरगन्ज १० भदौ राजपा नेपाल तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरे लगत्तै चुनावी सरगर्मी हाइभोल्टेजमा पुगेको छ । बिरगंज महानगरका मेयर पदमा रजपाको तर्फबाट पुर्व मेयर बिमल श्रीवास्तव,एवं महासचिव राजेसमान सिह बिच टिकट पाउने तीब्र आकान्छा देखिएको छ । केन्द्रिय पर्वेक्षकको रोहबरमा नै दुबै पक्षधर बिच तनाव समेत भएको थियो ।

यसै बिच दुबै पक्षको बिवादलाई साम्य पार्न नेतित्वले मध्यमार्गी बाटो अवलम्बन गर्दै केन्द्रिय उपाध्यक्ष अधिवक्ता सुरेन्द्र कुर्मिलाई उम्मेदवार बनाउने सम्भावना बढेको छ । स्वक्ष छबिका कुर्मी दुबै पक्षका मध्यमार्गी एवं स्विकार्य छबि हुन सक्ने हुदा, जित सुनिश्चित गर्न पनि तिनटै पक्षलाई समेटेर लिएर जाने तर्फ गम्भीर देखिएको छ ।

राजपा नेपाल बिरगंज महानगरमा कब्जा गर्न सबैलाई समेट्दै प्रदेश र सान्सद चुनावमा सबै पक्षलाई योग्यता ,क्षमताको अनुसार अवसर प्रदान गर्ने रणनीतिमा रहेको एक जना केन्द्रिय नेताले बताए ।

हिजो टिकट वितरणमा राजेशमान श्रेष्ठ र बिमल श्रीबास्तव समूहका नेता कार्यकर्ताको ब्यापक उपस्थिति रहेको थियो । दुवै समूहले टीकट आफ्नो पक्षमा पार्नका लागि गाउँगाउँबाट हजारौको संख्यामा कार्यकर्ता उतारेका थिए ।

बीरगञ्जको मेयर पदका दुई दावेदार श्रेष्ठ र श्रीबास्तव समूहले आ–आफ्नो ललिङ्गका नेतालाई टिकट दिलाउने प्रयास गर्दा सामान्य होहल्ला गरेका थिए । कार्यकर्ताको हो हल्ला देखेर केन्द्रले कुर्मीलाई मेयरको टिकट दिने निर्णयमा पुगेको केन्द्रका एक नेताले बताएका हुन ।

Back to top