विभिन्न पार्टी परित्याग गरि सैकड़ों फोरममा प्रवेश

83

वीरगन्ज १० भाद्र  संघीय समाजवादी फोरम नेपालकोको वीरगन्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियामा पार्टीको वडा कार्यलयको उद्घाटन र पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
फोरम नेपालको वडा नम्बर २५  श्रीसिया टोल एकाइ समितिले आयोजना गरेको पार्टी वडा कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि कारण चौधरी सहित सैकड़ों व्यक्तिले आज फोरम नेपाल प्रवेश गरेका छन् ।
वडा एकाइ कमिटिका अध्यक्ष परमेश्वर प्रसाद तुराहको अध्यक्षता तथा फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष एवं वीरगन्ज महानगरपालिकाको मेयर पदका उम्मेदवारको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममामा  पार्टीका जिल्ला अध्यक्ष प्रदीप यादव, केन्द्रिय सदस्य एवं पुर्व मन्त्रि करिमा बेगम, नगर अध्यक्ष मुकेश द्विवेदी तथा अन्य स्थानीय नेता र कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो ।
कारण चौधरी, दिनेश पटेल, जगदीश साह तुरहा, सन्दिप साह तुरहा. कामेश चौधरी, सत्रुधन चौधरी, मुकेश साह, गणेश सहनी लगायत सैकड़ों व्यक्तिले विभिन्न पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका थिए ।
कार्यालयको उद्घाटन गर्दै जिल्ला अध्यक्ष प्रदीप यादव र मेयर उम्मेदार विजय कुमार सरावगीले वीरगन्जको विकास फोरम नेपालको जितले मात्र सुनिस्चित हुने बताएका थिए र मशाल छापमा मतदान गरि सम्पुर्णालाई फोरम नेपाललाई वडा देखि नगर सम्म विजयी गराउन अनुरोध समेत गरेका थिए ।
जिल्ला अध्यक्ष प्रदीप यादवले फोरम नेपाल जनताको सेवक पार्टी भएको बताएका थिए । उनले मधेस आन्दोलनको प्रारम्भकर्ता नेपाल भएको बताउंदै, फोरम नेपालको संघर्षले मात्र आज सम्मको उपलब्धिहरु सुनिस्चित भएको जानकारी गराएका थिए ।
त्यसैगरि मेयर उम्मेदवार विजय कुमार सरावगीले वीरगन्जको विकासका निमित्त वहाँ संग कयौं अन्तर्राष्ट्रिय स्तरका योजनाहरु रहेको बताएका थिए । वहाँले वीरगन्जलाई देशकै नमुना सहर बनाउने आफुले तैयारी गरिरहेको जानकारी गरेका थिए ।
कार्यक्रममा जिल्ला सदस्य भिकर चौधरी, ममताज देवान, जागर अन्सारी, दिनेश साह कानु, वडा १६ का अध्यक्ष धर्मदेव प्रसाद यादव, नगर सह सचिव शंकर साह कानु लगायत अन्य नेता तथा कार्यकर्ताहरुको उपस्तिथी रहेको युवाका केन्द्रिय सदस्य नासिर खानले जानकारी गराएका थिए ।