प्रदेश नम्बर २ मा चुनावी चहल पहल शुरु , स्वतन्त्र पदको उम्मेदवारि घोषणा

173

बिरगंज १० भदौ बिरगंज महानगरपालिका वडा नम्बर १९ हाल वडा नम्बर १६ मा स्थानीय निकायको चुनावमा सहभागी हुँदै स्वतन्त्र तर्फबाट अध्यक्ष पदको उम्मेदवारि घोषणा गरिएको छ । भुट्न देबि मन्दिरमा शनिबार आयोजित एक सभामा स्थानीय महमद अफताब आलम तेलि स्वतन्त्र तर्फबाट अध्यक्ष पद्को लागि उम्मेदवारी घोषणा गरेका हुन । सभामा बोल्दै अध्यक्ष पदका उम्मेदवार आलमले आफ्नो अमुल्य मत खेर नफाल्न स्थानीयलाई आग्रह गरेका छ्न । उनले भने कसैको २-४ हजार रुपैमा आफ्नो मतको खरिद बिक्री नगर्न सुझाव दिदै पैसा बाट खरिद बिक्री भएको मतदाताको कदर नहुने भएकोले समाजको बिकास, उथान गर्ने खालको ब्यक्तीलाइ पहिचान गरि सहयोग गर्न सुझाए । जुन उम्मेदवारले पैसाबाट मत खरिद गरि जितेपछि उसले समाजको बिकास गर्न नसक्ने र आफुले लिएर गरेको समस्याको समाधान गर्न नसक्ने भएकोले सचेत भएर आफनो अमुल्य मत खेर न फाल्न आग्रह गर्नु भयो । सभामा स्वतन्त्र तर्फबाट नै महमुद आलम र शकर मह्तो कंकरले न.प.स का उम्मेदवारी घाेषणा गरेका छन । घाेषणा सभामा वडा नम्बर ६ कै स्वतन्त्र अध्यक्ष पदका उम्मेदवार प्रदिप चौरसिया. स्थानीय जुबेर आलम लगायतले बोलेका थिए । सभामा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।