×

वीरगंज, ७ भदौ भारतबाट अवैध रुपमा वीरगंज भित्र्याएको १० वटा खसीबोका प्रहरीले आज नियन्त्रणमा लिएको छ । भित्रि बाटो हुँदै वीरगंज भित्र्याइरहेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटेको प्रहरी टोलीले इनर्वाबाट उक्त खसीबोका बरामद गरेको हो । बरामद गरिएको खसीबोका भन्सार कार्यालयमा बुझाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरिक्षक अनिष कर्णले बताउनुभयो । खसीबोका तथा पशुचौपाया भारतबाट नेपाल भित्र्याउन र नेपालबाट उता लैजान बन्देज गरिएको छ ।

Back to top