×

वीरगंज, ७ साउन डुबानका कारण प्रभावित बनेका पर्साकोे खेस्राहा गाविसमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । बाढी र डुबानका कारण खानपान र बसोबास अव्यवस्थित हुँदा रुखा लाग्ने, ज्वरो आउने, पखाला लाग्ने जस्ता रोग गाउँमा फैलन थालेको खबर पाए पछि चिकित्सकहरुले स्वास्थ्य शिविरको आयोजना गरेका हुन् । नेपाल चिकित्सक संघ नारायणी शाखा तथा औषधि उत्पादक संघको संयुक्त आयोजना एवं जिल्ला जनस्वास्थ्य कार्यालयको सहकार्यमा शिविर सन्चालन गरिएको डा.जगदिश अग्रवालले जानकारी दिनुभयो । प्रभावित ठाउँमा त्यस्ता रोग फैलिएर प्रकोपको रुप लिन नपाओस भनेर आफुहरुले शिविर आयोजना गरेको पनि अग्रवालले बताउनुभयो । शिविरमा स्थानिय ५ सय भन्दा बढीको स्वास्थ्य जाँच गरिएको र उनिहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको डा.उदय नारायण सिंहले बताउनुभयो । शिविरमा डा.रामअवतार खेतान, डा.श्यामसुन्दर दास, डा.राजदेव कुशवाहा, डा.उदयनारायण सिंह, डा.दिलिप चौरसिया,, डा.सन्जय अग्रवाल, डा.कृति अग्रवाल, डा. धर्र्मेन्द्र ठाकुर, डा.आरपि जैसवाल, डा.कुन्दन ठाकुर, डा.संजय जयसवाल लगायतले विरामिको चेकजाँज गर्नुभएको थियो । चेकजाँच गरिएकाहरुमा रुघाखोकि, ज्वरो र पखालाका विरामि बढी फेला परेको पनि डा.उदय नारायणले बताउनुभयो । गत साउन २७ देखि २९ गते सम्म आएको अविरल बर्षाका कारण जिल्लाको अधिकांस भाग डुबानमा परेको थियो । डुबानका कारण ग्रामिण क्षेत्र बढी प्रभावित बनेका थिए ।

Back to top