राजपाले चुनावमा जाने कि नजाने भनेर निर्णय भोली हुने

248

वीरगन्ज ७ भदौ राष्ट्रिय जनता पार्टी राजपाले चुनावमा जाने कि नजाने भनेर निर्णय गर्ने अधिकार अध्यक्ष मण्डललाई दिएको छ । अध्यक्ष मण्डलले भोलिसम्म निर्णय लिनेछ । बुधबार सकिएको राजपा पदाधिकारीहरुको बैठकले चुनावमा जाने नजाने, जाने भए चुनाव चिन्ह के लिने लगायतका विषय निर्णय गर्ने अधिकार अध्यक्ष मण्डललाई दिएको हो । दुई दिसम्म चलेको पदाधिकारी बैठकमा राजपाका अधिकांश नेताहरुले चुनावमा जानु पर्ने पक्षमा उभिएका छन् ।