बारा र पर्सामा राहत वितरण गर्न पुगिन पुर्व युवराज्ञी हिमानी

1591

वीरगन्ज ७ भदौ बारा र पर्साका बाढी पिडितलाई राहत वितरण गर्न पुर्व युवराज्ञी हिमानी शाह आज सिमरा आउनुभएको छ । पुर्व युवराज्ञी हिमानीले अहिले केहिबेरमा पर्साको पोखरियामा राहत वितरण गर्ने कार्यक्रम छ ।

राहत वितरण कार्यक्रममा हिमानीले २५० घरधुरीलाई त्रिपाल, चामल, दाल, तेल लगायतका खाद्यान्न वितरण गर्ने उहाकी स्वकीय सचिव स्मिता सिंहले जानकारी दिनुभयो ।
राहत वितरणपछि हिमानी ११ बजे होटल सम्झना होटलमा आयोजना हुने भेटघाट कार्यक्रममा सहभागी हुने सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार दिउसो २ बजे हिमानी जिल्ला प्रशासन कार्यालय बारामा आयोजना हुने स्वागत कार्यक्रममा सहभागी हुनुहुनेछ ।
त्यसपछि पौने ३ बजे बाराको भलुही चोकमा २५० घरधुरीलाई राहत वितरण गर्ने कार्यक्रम रहेको सिंहले जानकारी दिनुभयो । हिमानी आजै काठमाण्डौ फकर्ने कार्यक्रम छ ।