×

रन्जन यादब जीतपुर २ भदाै सामान्य परिवारका दाजुभाईले आफनो बचतको रकमबाट जीतपुरसिमरा उपमाहानगरपालिका बाढी पिडितलाई हजारौँ मुल्य बराबरको कपडा सहयोग गरेका छन । जीतपुर निवासी मनिर अंसारी र उनका भाई जाकिर हुसेन अंसारीले बचत गरेको रकमबाट ४० हजार मुल्य बराबरको कपडा खरिद गरेर बितरण गरेका हुन् । दाई मनिर अंसारीको जीतपुरमा ईलेक्ट्रीक सामग्री बेच्ने पसल छ भने भाई जाकिर हुसेन काठमाडौँको गारमेन्ट ब्यवसायी हुन् ।भबिष्यकोलागी बचाएर राखिएको रकम जीतपुरसिमरा उपमानगरपालिकाकामा रहेको रमौली र भलुवहीका बाढीपिडितलाई नगरपालिकासँग समन्वय गरेर दाजुभाईहरु बितरण गरेका हुन ।बाढीले आफनै नगरबासीहरु घरबिहिन भई खाधन्न तथा लत्ताकपडाको अभाव भएको सुनियो दाजु अंसारीले भने ,,खाधन्न त बिभिन्न संघसंस्थाले बितरण गरेको थाहा पाईयौँ त्यहा हामहामीले कपडाको आश्यकता महसुस गरेर कपडा बिरण गरयौँ ।”

बितरण भएका कपडाहरुमा साँडी ,जिन्स ,सर्ट ,भेस्ट ,कटु लगायतका कपडाहरु रहेको छन ।

Back to top