×

चिरञ्जीवी यादव,वीरगन्ज १ भदाै सखुवा प्रसौनी गाउँ पालिका वाड न ३ कौवाबन कटैया टोल निवासी अन्दाजि २० बर्षिय अबदुल कलाम अंनसारीको कुलो संगै जोडिएको दुई बिगहाको पोखरीमा डुबेर मृत्यु भएको छ । हिजो साझ पानी परिरहेको बेला अन्सारी घारपरिवार सङ सम्पर्क बिहिन भएका थिए।मान्सिक सन्तुलान ठिक न रहेको अन्सारिको शाव आज बिहान पोखरिमा भेटिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक महेश बस्नेतले बताउनु भएको छ। मृतक अबदुल कलाम अन्सारी हातखुट्टा हिलामय भई माटो लागेको र सो पोखरी मा धुन गएको बेला उनी एकासी धेरै गहिरो भएको स्थान मा परि मृत्यु भएको हो । उनी केही समय देखि सुस्तमन्सती को औसधि खाइरहेका थिए ।मृतक अन्सारिको शव पोस्टमार्डमको लागि बिरगंजको नारायणी उप क्षेत्रीय अस्पताल पर्सा मा पठाइएको पर्सा प्रहरी प्रबक्ता चक्रराज जोसीले बनाउनु भयो ।

Back to top