२३३ जना बाढी पिडीत परिवारलाई राहत वितरण

307

बारा १ भदौ तराईमा परेको अबिरल वर्षासंगै बाढी पिडीतहरुलाई बिहिबार राहत वितरण गरिएको छ ।
नेपाली कांग्रेस कलैया उपमहानगरपालिकाका नगर सभापति पुरुषोतम पाण्डे र समाजसेवी हरिप्रवेश यादवको सहयोगमा दुई सय ३३ जना बाढी पिडीत परिवारलाई राहत वितरण गरिएको छ । कलैया उपमहानगरपालिका १४ बघवनका दुई सय ३३ जना बाढी पिडीतहरुलाई राहत वितरण गरिएको हो ।घरमा बाढी पसेसंगै घर भित्र रहेको खाद्यान्न लगायतका सामाग्रीहरु नष्ट भएपछि राहत वितरण गरिएको हो । बाढी पिडीतहरुलाई एक÷एक थान त्रिपाल, चामल, दाल, आलु, नुन, सोयाबिन र साबुन वितरण गरिएको थियो । बाढी प्रभावित बघवनमा पुगेर नगर सभापति पुरुषोतम पाण्डे, नेपाली कांग्रेस बाराका प्रचार प्रसार उप समन्वय समिति बाराका सह संयोजक मुकेश यादव, अब्दुल हकिम अंसारी, बाबुलाल साह, फुलमहमद अंसारी, अम्बिका ठाकुर, रामप्रसाद ठाकुर, भुनेश्वर साह लगायतका समाजसेवीहरुले बाढी पिडीत परिवारलाई राहत वितरण गरेका थिए । बाढी पिडीत कामेश्वर पासवान, रामज्ञा पासवान, बुधन पासवान, मोन पासवान, बिरबहादुर पासवान, मोहित पासवान, रामकिसुन पासवान, जयकिशुन पासवान, विगु पासवान, दुखा पासवान, अवधेश पासवान, आशा धन्कार, भिखर धन्कार, राजेन्द्र धन्कार, फणि पासवान, भुनेस पासवान, महेश पासवान, हिरा पासवान, कन्हाई पासवान, अकलु पासवान, अमर पासवान, चनई पासवान, धनेश हजरा, रामाधार पासवान, जोगिन्द्र पासवान, रामअशिष पासवान लगायत दुई सय ३३ जना परिवारलाई राहत वितरण गरिएको थियो ।