सामुदायीक सेवा राहत बितरन तथा बिबेकशिल निसुल्क स्वास्थ्य शिबिर

1382

वीरगंज, १ भदौ बाढी र डुबानबाट प्रभावित पर्साको रघुनाथपुर गाउपालिका २ जानकीटोलाका झण्डै ६ सय जनालाई आज राहत वितरण गरिएको छ । सामुदायीक सेवा तथा सामुदायीक प्रहरी मिनाबजार र वडा प्रहरी कार्यालय बिर्ताले डुबान र बाढीबाट प्रभावितलाई राहत उपलब्ध गराएको हो । जिल्लाको ग्रामिण क्षेत्रहरुमध्ये उक्त स्थानका बाढी प्रभावितहरु लाई अहिले सम्म कहिँबाट राहत उपलब्ध नभएको गुनासो आए पछि आफुहरु राहत लिएर पुगेको वडा प्रहरी कार्यलय बिर्ता का प्रहरी निरिक्षक अनिस कर्णले जानकारी दिनुभयो । पिडितहरुको अवस्था निकै कष्टप्रद रहेको आफुले पाएको भन्दै राहतका कार्यक्रम नगरक्षेत्रमा मात्रै नगरि गाउँगाउँमा पु¥याउन सबैलाई आग्रह समेत गर्नुभयो । बालबालिका, बृद्ध तथा विरामिहरुको अवस्था झनै नाजुक रहेको छ ।

राहत वितरण कार्यक्रमा सामुदायीक प्रहरी तथा वडा प्रहरी कार्यालय बिर्ताको सकृय सहभागिता रहेको थियो । बिबेकशिल साझा पार्टी पर्सा को निसुल्क स्वास्थ्य शिबिरयसै गरि पर्सा जिल्ला निर्चुटा ८ मोर टोल मा बिबेकशिल साझा पार्टीले बाडिपिडितहरुको लागि नि.शुल्क स्वास्थ शिबिरको आयोजना गरि सम्पन्न गरिएको छ।सो शिबिरमा बिबेकशिल साझा पार्टी पर्साको जिल्ला सयोजक राम कुमार पाण्डे न्यापालिका प्रमुख सुरेस कुमार बादल कार्यापालिका सदस्य दिजेन्द्र तिवारी पपु गिरि प्रबिन ढकाल दिपक देवान ,राहुल साह,सुशील राए,शिव शकर यादव,सिवजी शाह ,प्रेम राय , डाकटर को टिममा डा एम डि राजा, एम डि बसुरुडिन अन्सारी डा बिनय कुमार साह डा पवान कुमार साह डा सुनिल कुमार र अप्टोमेटरिस्ट आदितय तिवारी ले सहयोग गर्नु भएको थियो भने सन्चारकर्मि एस के चौरसिया नरेश सराफ तेसै गरि इ प्र का पतेरा सुगौसुगौलीका प्र स नि मनोज कुमार यादब उपस्थिति रहेको थियो भने सो सिबिर मा ४३० महिला पुरुस र बच्चा हरुको चेक जाँच गरि औषधि बितरन गरियो । डा. एम. डि. रजा ले कार्यक्रम लाई संवोधन गर्दै तराई मधेस मा आएको बाढीले ले जति पुगेको जिल्ला हरु मा निसुल्क स्वास्थ्य सहयोग का लागि पछाडि नपर्ने बताए का छन। साथै शिबिरमा चेकजाँचका क्रममा गम्भीर प्रकृतिका समेत बिरामि भेटिएकाले उनिहरुको अावश्यक उपचार डा. एम डि रजा ले आफ्नै खर्चमा निशुल्क गरिदिने बताए । समय समयमा डा एम डी रजा ले ग्रामिण छेत्र का बिभिन्न ठाउँमा शिबिर गर्दै आई रहेकाछन ।