बाढी र डुबान पिडितलाई घडिअर्वाका युवाको साथ

1298

वीरगंज, ३१ साउन बाढी र डुबानबाट प्रभावित भएकाहरुलाई वीरगंजका युवाले आफ्नै खर्चमा खान र वस्नको व्यवस्था मिलाएका छन् । लगातारको बर्षाका कारण डुबानमा परेका वीरगंज महानगरपालिकाको घडिअर्वा पोखरी, अशोकबाटीका, ज्योतिनगर, रानिघाट लगायत क्षेत्रका बाढी प्रभावितहरुलाई धर्मशालामा राखेर खाने बस्ने व्यवस्था मिलाइएको हो । बाढी आएको पहिलो दिन नै स्थानिय युवा नेता शुसिल कुमार कानु आफ्नै खर्चमा पिडितहरुलाइ बस्न र खानको व्यवस्था मिलाएका हुन् सो कार्य अहिले सम्म चलिरहेको कानुले बताएका छन । अवस्था सामान्य नभए सम्म सहयोग जारी रहने जोगिन्द्र साह कानु, सोनालाल साह, लखन साह, निरज गिरि, संतोष मराठाले बताए । डुबानका कारण घरमा बस्नै नसक्ने अवस्था रहेकाहरुलाई उद्धार गरि आफुहरुले धर्मशालामा राखेको उनले बताए ।
लगातारको बर्षाका कारण अहिले वीरगंज सहित तराइका अधिकांस भुभाग बाढी र डुबानमा छ । बाढी र डुबानका कारण सयौँको ज्यान गएको छ । कयौँ घाइते भएका छन् । हजारौँ घर डुबानमा छ । यस्तो अवस्थामा यि युवाहरुले जस्तै अन्यले पनि सकेको सहयोग गर्न सके पिडितहरुको पिडामा मल्हम लाग्ने थियो । जनताकै नाममा राजनीति गरेको भन्ने दलहरु अहिले सम्म प्रभावकारी राहत र उद्धारका काम गर्न नसकिरहेको अवस्था यि युवाको कामको सहयोगलाई सह्राना गर्नै पर्छ ।