फोरम पर्सा द्धारा पर्सा र रौतहटमा राहत वितरण

596
वीरगन्ज ३१  साउन  संघीय समाजवादी फोरम पर्सा र क्याल औधोगीक समुहले पर्सा र रौतहटका वाढिपिडितहरुलाइ राहत सामग्री वितरण गरेको छ । क्याल औधोगीक समुहका सत्यनारायण क्याल तथा फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष तथा वीरगन्ज महानगपालीकाका मेयरका उम्मेदवार वीजय कुमार सरावगीले उपलब्ध गराएको आर्थिक सहयोगमा राहत सामग्रीहरु पर्साको वगहि, कुहडि, जगरनाथपुर, रामगढवा, अलौ, कोन्हिया गाउँ तथा वीरगन्जको श्रीपुर र रेलवे माध्यमिक विद्यालयमा वसिरहेका बाढीपिडित् सहित ७ सय पिडित परिवारलाइ राहत सामग्री वितरण गरेको हो ।
संघीय समाजवादी फोरम पर्साका जिल्ला अध्ययक्ष प्रदिप यादव, वीरगन्ज महानगपालीकाका मेयरका उम्मेदवार वीजय सरावगी तथा क्याल समुहका निर्देशक सुरेश क्याल र अनुज क्यालको नेतृत्वमा पर्साको विभिन्न गाउमा पुगेको टोलीले ७ सय वाढिपिडित परिवारलाइ राहत सामग्री वितरण गरेको छ । राहत वितरण टोलीमा फोरम नेपालका केन्द्रिय सदस्य वीरेन्द्र यादव, जिल्ला उपाध्यक्ष सुन्दर कुर्मि, सचिव नागेन्द्र यादव, नगरअध्यक्ष मुकेश द्धिवेदी, वडा इकाइ अध्यक्ष पिन्टु उपाध्या, जयनारायाण कुर्मि र युवा फोरमका केन्द्रिय सदस्य नाशिर खान लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । शनिवार देखि आएको बाढिको कारण घरवार विहिन भएका पिडित परिवारलाइ राहतको पुर्याउने उदेश्यले त्रिपाल, चिउरा, मिठा, चामल,आलु, भाडा बर्तन, लताकपडा लगायतको सामग्री वितरण गरिएको फोरमका पर्साका जिल्ला अध्यक्ष प्रदिप यादवले बताउनु भयो ।
यसैगरि क्याल औधोगीक समुहका सत्यनारायण क्याल र फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष वीजय सरावगीकै आर्थिक सहयोगमा रौतहटका वाढिपिडितहरुलाइ राहत सामग्रीहहरु पठाइएको छ । जिल्ला सदस्य मुस्तुफा अन्सारी  क्षेत्रीय सचिव राधाकृष्ण रौनियार एवम मजदुर नेता फोज महतोको नेतृत्वमा पठाइएको राहत सामग्रीहरुमा ५ सय थान त्रिपाल, ५०० किलो चिउरा, १०० किलो मिठा र ९ सय पाकेट चाउचाउ रहको नेता विजय सरावगीले बताउनु भयो । पर्साबाट पठाइएको राहत सामग्रीहरु फोरम नेपाल रौतहटको सक्रियतामा वितरण गरिने जनाइएको छ ।