×

वीरगन्ज ३० साउन संघीय समाजवादी फोरमका मधेसप्रदेश कोषाध्यक्ष तथा मेयरका उमेदवार वीजय सरावगीको विशेष पहलमा फोरम नेपाल पार्टीले जिल्लाको विभिन्न गाउका वाढिपिडित परिवारलाइ राहत वितरण गरेको छ । संघीय समाजवादी फोरम पर्साले आइतवार देखि सुरु गरेको राहत वितरणकार्य सोमबार पनि जारीराख्दै जिल्लाका २ सय ५० वाढिपिडित परिवारलाइ राहत वितरण गरेको छ । शनिवार देखि आएको बाढिको कारण घरवार विहिनभएका पिडित परिवारलाइ तत्काल राहतको पुर्याउने उदेश्यले त्रिपाल,चिउरा मिठा,चामल ,आलु भाडा बर्तन,लताकपडा लगायतको सामग्री वितरण गरिएको फोरमका पर्साका जिल्ला अध्यक्ष प्रदिप यादवले बताउनु भयो । जिल्ला अध्यक्ष प्रदिप यादव र मधेस प्रदेश कोषाध्यक्ष तथा मेयरका उम्मेदवार वीजय सरावगीको नेतृत्वमा गाउ गाउमा पुगेको राहतवितरण टोलीले वीरगन्ज महानगपालीकाको मनियारी,जगरनाथपुर ,उदपुरघुर्मीका २ सय परिवारलाइ राहत वितरण गरेको छ । पर्साको जगरनाथपुर गाउपालीका अन्तरगर्त रहेको गाउहरुको वाढिपिडितहरुलाइ राहत तिरण गरेको छ । केन्द्रिय सदस्य वीरेन्द्र यादवको नेतृत्वमा गाउहरुमा पुगेको राहतवितरण टोलीमा कृष्णमोहन यादव,जिल्ला सदस्य राजेश यादवलगायत स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । वीरगन्जको महानगरपालीकाको उदयपुरघुर्मीमा राहत वितरण गर्दै वीरगन्ज महानगरपालीकाका मेयरका उम्मेदवार वीजय सरावगीले अबिरल बर्षा र बाढीले अक्रान्त बनेको मधेसमा सरकारले अहिलेसम्म राहतको व्यस्ता नगरेपनि आफुलगायत फोरम नेपाल पार्टीका हरेक नेता तथा कार्यकर्ता जनताको सबै दुखदर्दमा सहयोग र साथ दिने गरेको बताउनु भयो । उहाले मधेसी जनताको हकहितको लागी सधै लडिरहने संघीय समाजवादी फोरम मधेसको हरेक शुखदुखको समयमा मधेसी जनताको साथमा रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । नेता विजय सरावगीको विशेष सक्रियतामा फोरम नेपालले आइतवार पनि ४ सय पिडित परिवारलाइ राहत सामग्री वितरण गरेको थियो ।

Back to top