×

वीरगंज २९ साउृन लगातारको चारदिनको बर्षासंगै नदिमा आएको बाढीले पर्सामा २ जना बेप्पता भएका छन । बेप्पता हुनेहरुमा पिपरडारीका बुनी महतो र झौवागुठीका विवेक साह कानु रहेका छन ।

अविरल बर्षासंगै पर्साको ओरिया नदिमा आएको बाढीेले बगाउदा एक जना बेप्पता भएका छन । हिजो दिउसो ४ बजेको समयमा पर्सा पिपरडारीका बुनी महतो नदीमा डुबेर बेप्पता भएका हुन ।

नदि पारी भैसी चराउन निस्केका महतोले बाढी आएपछि घर फर्कनको लागि भैसीको पुच्छर समातेर नदि तैरिने क्रममा बाढीले बगाउदा बेप्पता भएका हुन । बेप्पता भएका महतो शव अहिले सम्म फेला नपरेको हाम्रा सहकर्मी आके पटेलले जनाएका छन ।

यसैगरि विन्दवासिनी गाउपालिका वडा नं.३ झौवागुठीमा आएको बाढीले बगाउदा एक जना बालक बेप्पता भएका छन । हिजो १ बजेको समयमा घर नजिकै रहेका तिलावे नदीमा बाढी हेर्न गएका स्थानिय विनोद साह कानुका १४ बर्षिय बालक विकेक साह कानुलाई बाढीले बगाउदा बेप्पता भएका हुन ।

Back to top