×

चिरञ्जीवी यादव २९ साउन पर्साको ग्रामीण क्षेत्रहरूमा अविरल बर्षाको कारण जनजीवन प्रभावित भएको छ । झाखरा मसिहानी, जगरनाथपुर, मुडली, लङडी, धोबिनी, भिस्वा, दसौताबुडगाइ, लक्ष्मी पुर लगाएतपर्साको अधिकान्स गाउँहरु डुबानमा परेका छन । पर्साको जनता सडक सोनबर्षा, रंगपुरटाडी , सिरहीसथवाल, खजुरिया, मनवा, बढनियार, सोलकपुर, बेलवा, जितपुर सम्म चल्ने सवारी सधान तथा यात्रुबस पुर्ण रूपमा थप भएको छ । गाउँ बाट सदरमुकाम बिरगंज सम्म चल्ने सवारी साधनहरु रामनगरिमा बाटो भत्किद्दा ठप्प रहेको छ । पर्साको गन्डक नहर २ ठाउँमा भत्किदा बाटो बन्द भएको छ । पर्सा कै हरपुर, रमौली, एकटाङ्गा, पटेर्वा सुगौलीको भलुवाही खोल्ला, शंकर सोरैया, माहदेवपटीको ओरिया खोल्लामा अबिर वर्षाले वर्षा संगै आएको बाढीले ग्रामीण क्षेत्रहरूबाट चल्ने विभिन्न सवारी सधान पुर्ण रूपमा बन्द भएको छ । पटेर्वा सुगौली गाउँ पालिका ४ सोनबर्षाको बनकटवा टोलमा १२ वाटा घर डुबानमा परेको छ । गादी सोतामा बाढी आएकोले बन कटवाका स्थानीय समसुदिन मिया, नेवाजी मिया, दोवाजी माझी, बिनोद चौधरी, ध्रुव सहनी, दिमागर कमकर, फुलगेना सहनी, साहदेव चौधरी, अटुली माझी, आविता चौधरी, राजेश चौधरी रहेकोे घर डुबानमा परेको रंगपुरका स्थानीय समाजिक अगुवा बिजय गैरेले बताएका छन । त्यसै गरि मधुवन मथवलको सिरहीमा करिब ४० बिगहाँ धान बाली माटो तथा बाढीले पुरिएर नस्ट गरिदिएको स्थानीय बासुदेब चौधरीले बताए । यश बर्षको अबिरल बर्साले भौराटर, बिश्रामपुर, दरदारवा, उदयपुरघुर्मी, अपौनी, हरपतगन्ज, जगरनाथपुर, गधैयाटोल, कुहडी, रतनपुर, हरदासपुर, परसोती पुर, लालपर्सा, बगही, बेल्वा, कोनिया गाउहरुमा बर्साको पानीले खेतमा लगाएका धान बाली पानीले भरिएको छ । यसपालिको चारदिन परेको अबिरल बर्साको कारण लाखौ बिगहा भन्दा बढी धान खेतमा पानीले भरिएको छ । पर्साको ग्रामिण क्षेत्रमा रहेका नदिहरु . तिलावेनदी, सरिस्वानदी, गङोल नदि, दुधौरानदी, भलुवाहिनदी, ओरिया नदि, ढोङहिनदी, भेडहानदी, भेडहा नदि, फन्ठिनदी, नौरङिया नदिहरुमा धेरै भन्दा धेरै बाढिको पानी उफान मचाएको छ ।

Back to top