तिन दिन देखीको अविरल वर्षाका कारण वीरगंज नगर क्षेत्र तथा पर्साको ग्रामिण क्षेत्रको जनजीवन प्रभावित राहत वितरणका लागि अनुगमन सुरु

1725

वीरगन्ज २८ साउन विगत तिन दिन देखीको अविरल वर्षाका कारण वीरगंज नगर क्षेत्र तथा पर्साको ग्रामिण क्षेत्रको जनजीवन नराम्रो सँग प्रभावित भएको छ ।
भारत विहार पश्चिम चम्पारण बाल्मीकिनगर स्थित रहेको ३६ ढोका भएको ब्यारेज भारत तर्फका कर्मचारीहरुले पर्याप्त नखोलेका कारण पर्सा जिल्लाको नहर छेऊँका विभिन्न गाऊँपालिका डुबानमा परेको छ । जिल्लाको सबैभन्दा बढी जगरनाथपुर गाउँपालिका, मसिहानी गाउँपालिका, बौधिमाई गाउँपालिका लगायत पोखरीया नगरपालिकाको दर्जनौँ वडा डुबानमा परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
गएरातिदेखी नहरको पानि भलुवाही खोलामा आएका कारण जगरनाथपुर गाँउपालिकाको हरपुरमोर टोलका ८२ घर डुबानमा परेको छ । घरमा पानी पसेपछि सर्वसाधारण सो गाँउमा रहेको पक्की घर र विद्यालयमा आश्रय लिन बाध्य भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक चक्र बहादुर जोशीले बताए । नहरकै पानी जानकीटोलामा पस्दा सडक भासिएको छ भने गाऊँका अधिकास घर डुबानमा परेको छ ।
यसैगरी नहरसँगै जोडिएको गंगोल नदिमा आएको बाढीले मसिहानी गाउँपालिको मदुवाहा टोलको २५ घरमा बाढीको पानी पसेको प्रहरीले जनाएको छ । मसिहानीमै स्थानियले पालेको कुखुरा खोरमा समेत क्षति भई सयौँ कुखुरा बाढीले बगाएको छ ।
पर्सा जिल्लामा बाढीले पारेको प्रभाव र राहत वितरणका लागि अनुगमन गर्न जिल्ला दैविक प्रकोप उद्धार समितिको आक्सीमक बैठक सम्पन्न भएको छ । बैठकले पर्सा जिल्लामा बाढीले पु¥याएको प्रभावित एरिया र सम्भावित स्थानहरुको अनुगमनका लागि समिति गठन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । विहान १० बजे प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरेको नेतृत्वमा बसेको बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा दत्त पौडेलको नेतृत्वमा बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्ने निर्णय भएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीबाट प्रहरी नायब उपरिक्षक र अनुसन्धानबाट प्रहरी निरिक्षक रहने गरी बाढी प्रभावित क्षेत्रमा खटाउने र उद्धार तथा राहत वितरण गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी केश्व राज घिमिरेले जानकारी गराएका छन् । प्रभावित क्षेत्रमा आवश्यक अनुसार नेपाली सेना समेत परिचालन गरिने निर्णय गरिएको जनाएको छ ।
वर्षाका कारण बारा जिल्लाको समेत जनजीवन अस्तव्यस्त बनेको छ । सहरदेखि गाउँ जलमग्न भएको छ । वर्षाका कारण बिहान घर भत्किँदा बारा सिम्रौनगढ नगरपालिका ८ कचोर्वाका रामविलास पासवानकी ४५ वर्षीया गहनीदेवी पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Comments

comments