×

वीरगन्ज २६ साउन पर्सामा बढ्दैछ भाईरल ज्वरो, यसरी बचौं भाइरल ज्वरोबाट पर्सामा केहि दिन यता भाईरल ज्वरोका बिरामी निकै बढ्न थालेका छन । साना बालबालिकादेखी बृद्धबृद्धासम्म भाईरल ज्वरोका कारण उपचार गराउन अस्पताल पुग्न थालेका छन । भाईरल ज्वरोका कारण बारा÷पर्साका अस्पतालमा बिरामीको भिड लाग्न थालेको छ ।

भाईरल ज्वरोको उपचारमा समयमै हुन सक्यो भने यसबाट बच्न सकिन्छ । समयमै उपचार नगराए यो ज्वरोले शरिर शिथिल बनाउदै लग्ने र लापरवाही गरे ज्यान नै जान सक्ने चिकित्सकको भनाई छ । सिमरा स्थित अल्पाईन अस्पताल डा। रितुराज साहले भाईरल ज्वरोबाट डराउनुपर्ने अवस्था नरहेपनि समयमै उपचार गराउन नसक्दा भने बिरामी शारिरीक रुपमा कमजोर हुदै जाने बताउनुभयो ।

के हो भाईरल ज्वरो ?

चिकित्सकका अनुसार भाइरल ज्वरो एक संक्रमण हो । प्रदुषीत हावा, पानीबाट यो संक्रमण शरिरमा प्रवेश गर्ने गर्दछ । संक्रमण शरिरमा प्रवेश गरेसंगै यसबाट लड्ने क्षमता शरिमा कमजोर हुदै जान्छ र ज्वरो आउने गर्दछ । खासगरी साना बालबालिका यो संक्रमण चाडो सर्छ । साना बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता निकै कम हुन्छ र यसले बालबालिकामा असर बढी देखिन्छ । मौसम परिवर्तनको समयमा खासगरी यो संक्रमणबाट भाईरल ज्वरोका बिरामी बढी देखिने गरेको डा। साहले बताउनुभयो ।

लक्षणहरु के हुन ?

श्वासप्रश्वासबाट यस्तो संक्रमण शरिरमा प्रवेश गरेपछि ज्वरो आउने गर्दछ । त्यसबाहेक जाडो महसुस हुनु, ढाड र खुटटा दुख्नु, टाउको दुख्नु, रुघाखोकी लाग्नु, वान्ता आउनु, घाँटी अमिलो हुनु, पेट दुख्नु र शरिर शिथिल जस्तो महसुस गर्नु यसका लक्षण हुन । यस्तो लक्षण देखा पर्ने वित्तिकै स्वास्थ्यसंस्थामा उपचार गराईहाल्नुपदर्छ । आफैले औषधी किनेर खानु भन्दा पनि चिकित्सकसंग सल्लाह लिएर उपचार समयमै गराउन सक्यो भने यसबाट बच्न सकिन्छ ।

उपचार किन आवश्यक ?

यो संक्रमणपछि आउने ज्वरोलाई लापरवाही गरे ज्यान जान सक्छ । शरिरमा प्रवेश गर्ने संक्रमण अनुसार चिकित्सकले औषधी दिने गर्दछन । डा। साहका अनुसार भाईरल ज्वरो बिग्रिएमा शरिरमा अन्य रोग लाग्न सक्दछ, जसका कारण उपचार हुन नसक्दा ज्याननै जान सक्छ । यस्तो संक्रमण लाग्ने वित्तिकै उपचार गराउनु पर्दछ । साना बालबालिकालाई विभिन्न समयमा यस्ता रोगबाट लड्न सक्ने खोप चिकित्सकको सल्लाह अनुसार दिनुपर्दछ । खोपले मात्रै संक्रमणबाट बच्च नसकिने हँुदा उपचारमा ध्यान दिनुपर्दछ ।

यसरि बच्न सकिन्छ

यो संक्रमणबाट बच्ने पहिलो उपाय भनेको उपचार नै हो । त्यसबाहेक यो संक्रमण श्वासप्रश्वासबाट सर्ने भएकाले संक्रमित ब्यक्तिबाट टाढा बस्नुपर्दछ । आफु यस संक्रमणबाट संक्रमित भए अरुलाई नसर्ने गरी माक्स, रुमालको प्रयोग गर्नुपर्ने चिकित्सक बताउँछन् । यो संक्रमण शरिरमा पस्न नदिन माक्सको प्रयोग निरन्तर गर्नुपर्दछ । जसले प्रदुषणबाट समेत बचाउँछ । यो संक्रमण शरिरमा प्रवेश गरेसंगै उपचार गराएर औषधी खाने र प्रसस्त मात्रामा पोषिलो खाने कुरा खानुपर्दछ । सफा पानी पिउने र आराम गर्नुपर्दछ । साना बालबालिका छन भने आमाको दुध प्रसस्त मात्रामा खुवाउनुपर्ने डा। साहले बताउनुभयो ।

Back to top