वीरगन्जमा २३ औं आदिवासी जनजाति दिवस मनाईयो

278

वीरगन्ज, २५ साउन नेपाल लगायत विश्वभर मनाईने आदिवासी दिवस बुधबार वीरगन्जमा पनि मनाईएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साको आयोजनामा वीरगन्जको घण्टाघरमा आदिवासी दिवस मनाईएको हो । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि हेरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाउन थालिएको हो । नेपालमा पनि आदिवासी दिवस मनाएको २३ बर्ष पुगेको छ । सोही अवसरमा बुधबार वीरगन्जमा आयोजना गरेको कार्यक्रममा वक्तहरुले आदिवासी जनजातिहरुको जल, जंगल र जमिनमा पहिलो प्रथामिकता हुनुपर्ने र अन्तराष्ट्रिय श्रम संगठनले अनुमोदन गरेको व्यवस्थालाई अहिले सम्म नेपाल पक्ष राष्ट्र भएर पनि कार्यान्वयन गर्न नसकेको बताए । नेपाल अदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका अध्यक्ष कमल बहादुर पिठाकोटे मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समाजसेवी आश बहादुर गुरुङले आदिवासी जनजाति समुदायलाई हात्तीको संज्ञा दिदै हक अधिकार सुनिश्चित नभए दाह्रा पनि प्रयोग गर्न सक्ने चेतावनी दिए । कार्यक्रममा विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हरि मण्डल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साका सचिव नीरज पिठाकोटे मगर, थारु कल्याणकारिणी सभा पर्साका उपाध्यक्ष नन्दकिशोर पञ्जियार, विश्व हिन्दु पषिद पर्साका अध्यक्ष पूरुषोत्तम दूवे, टाँसी थर्वालिङ्ग गुम्बा भिस्वाका अध्यक्ष राम बहादुर लामा लगायतले शुभकामना व्यक्त गरेका थिए । संघका सचिव जगत राईले सहजीकरण गरेको कार्यक्रममा आदिवासी जनजाति समुदायको उपस्थिति रहेको थियो ।