ट्राफिक प्रहरी पर्साले  विद्यार्थीहरूलाई  ट्राफिक समबन्धित जनचेत जगाउदै 

692

वीरगन्ज २५ साउन रोट्रयाक्ट क्लब वीरगन्जको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय पर्साको सहयोगमा संयुक्त रुपमा आयोजना गरेको ट्राफिक जनचेतनामुलक कार्यक्रम समपन्न भएको छ ।

वीरगन्ज महानगरपालिका पावरहाउस स्थित कादम्बरी एकेडमीमा आज एक कार्यक्रमको आयोजना गर्दै रोट्रयाक्ट क्लब वीरगन्ज र जिल्ला ट्राफिक कार्यालय पर्साले विद्यालयका कक्षा ९, १० का विद्यार्थी र विद्यालयका बस चालकहरुलाई ट्राफिक समबन्धित जनचेतनामुलक कुराहरु जानकारी गराएका थिए ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र आचार्यको अध्यक्षता तथा क्लबका अध्यक्ष सौरव साहको प्रमुख आतिथ्यमा आयोजित उक्त जनचेतना मुलक कार्यकर्ममा विशिष्ठ अतिथिका रुपमा आएका ट्राफिक प्रहरी उपरीक्षक रविन्द्र भट्टराईले विद्यार्थी तथा बस चालकहरुलाइ ट्राफिक सम्बन्धित विभिन्न जानकारीहरु गराएका थिए । वहाँले ट्राफिकका नियम, ट्राफिक चिन्ह, सडक दुर्घटना र अन्य ट्राफिक सम्बन्धित कुराहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा ट्राफिक प्रहरी द्वारा निर्मित वृत्तचित्र मार्फत मापसे र सडक काट्ने बेला ध्यान दिनुपर्ने कुराहरुका बारेमा जानकारी गराइएको थियो ।

विद्यालयका संयोजक राकेश मिश्राको विशेष उपस्थितिमा समपन्न भएको उक्त कार्यक्रममा क्लबका सदस्य रजिष कलवार, रोहित वर्णवाल, साजन साह, जिया गुप्ता, समाजसेवाक र पत्रकार आशु सर्राफ तथा अन्य क्लबका सदस्याको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै पत्रकार आशु सर्राफले क्लबले गर्ने विभिन्न कार्यहरुका बारेमा जानकारी गराउदै विद्यार्थीहरुलाई सडकमा हुन सक्ने खतराहरुका बारेमा जानकारी गराउदै सडकमा हिडदा ध्यानदिनु पर्ने कुराहरुका बारेमा बताएका थिए । त्यसैगरी विद्यालयका संयोजक मिश्राले पनि विद्यार्थीहरुलाई सडकमा हिडदा तथा वाहन चलाउदा ध्यानदिनु पर्ने कुराहरुका बारेमा जानकारी गराएका थिए ।