कथा वीरगंजको, व्यथा मधेसको – चन्द्रकिशाेर झा

565

 संघीय लोकतान्त्रिक गणतन्त्रमा एउटै मात्र केन्द्र हुदैन । वहु केन्द्रहरु हुन्छन् । विभिन्न स्थानहरु अर्थात स्थान–स्थान वीचको सम्वन्धले निर्धारित/निरोपित हुनुपर्छ । इतिहासको कोणवाट अहिलेसम्म यस्ता कुरा ओझेल हुदै गरे ।

वीरगंज सहरलाई अनेकौ विशेषणहरुले चिन्ने र चिनाईने गरिन्छ, नेपालको प्रवेशद्वार, क्रान्तिद्वार, प्रथम मुक्त क्षेत्र, आर्थिक राजधानी, तराईकी रानी, भोजपुरीको हृदय प्रदेश, समासिक सहर आदि ।


मध्य तराईको ऐतिहासिक सहर वीरगंज जो अन्तर्राष्ट्यि सीमासंगसमेत जोडिएको छ, इतिहासका महत्वपूर्ण कालखण्डहरुमा यो सहर र यो क्षेत्रको चर्चा हुन आउ“ंछ ।

वीरगंज सहर वर्तमानको आफ्नो हैसियत र खुविले गर्दा यो अब क्षेत्रकै रुपमा परिचय पाउ“न थालेको छ अर्थात, वीरगंजले केवल महानगरपालिका भित्रको परिधिलाई मात्र पहिचान दिदैनन् यस भन्दा बाहिरको क्षेत्रलाई पनि प्रतिनिधित्व गर्न थालेको छ, कतिपय सन्दर्भमा ।

वीरगंज सहर राणाकालिन प्रधानमन्त्री बीरशम्शेरको नामसंग बसाईएको भनिन्छ । राजधानी सहर काठमाण्डौसंगको भोैगोलिक निकटता, दक्षिणमा भारतीय रेल्वे स्टेशनको नजिकमा हुनु, तराईको समतल भू–भाग, सीमावर्ती अवस्थिति, कलकता बन्दरगाहबाट नजिक र नेपाली भूगोलको मध्य क्षेत्रमा हुनु जस्ता पक्षहरु पनि यो सहरको विकासलाई प्रारम्भिक समयमा बल दिएको भेटिन्छ ।

नेपाली औद्योगिकीकरणको पहिला प्रयत्नहरुका पाईला यहा“ं पनि टेक्ने अवसर जुर्यो । विद्यालय, क्याम्पस, दुरसंञ्चार, राजमार्ग, अस्पताल, प्रशासनीक संरचना, विद्युतप्लान्ट, खानेपानी व्यवस्थापन जस्ता कतिपय पक्षमा काठमाण्डौ बाहिर वीरगंजले नै सुविधा पाएको छ ।

सहरका भौतिक पूर्वाधारहरुमात्र होइन, यहा“ंको कला संस्कृति, सामाजिक व्यवहार जस्ता पक्षहरुले पनि सहरको पहिचान दिई राखेका हुन्छन् । यी सबै कुराहरु कुनै एउटै व्यक्ति विशेषको प्रयत्नले सम्भव हुदैनन् , इतिहासदेखि वर्तमानसम्म आईपुग्दा सैैकडौ व्यक्तिहरुको दुरदृष्टि, समर्पण र पहलले वीरगजले आफ्नो गति बनाउन सम्भव भएको छ ।

२३ साउन २०१९ को गोरखापत्रले एउटा खबर छापेको रहेछ , ूवीरगंजमा यस वर्ष पा“च सय किलोवाट बढी विजुली उत्पादन गरिने ू । आवश्यक सरसमानहरु बेलायतबाट झिकाई त्यहा“ं प्लान्ट स्थापना गर्ने व्यहोरा खबरले दिन्छ ।

जलस्रोतविद् अजय दीक्षितले गोरखापत्रको पुरानो अंकबाट उक्त सुचना पाएपछि फोन गर्नु भयो, यस सम्बन्धमा थप जानकारीका लागि । यहां“ प्राप्त भएको सुचना थियो, काठमाण्डौको फर्पिङ्गमा बिजुली उत्पादन गरेकोे समयमै यहा“ं एक सय किलोवाटको प्लान्ट राखिएको थियो तर पछि हेटौडातिर स्थानान्तरित भयो । यो सन्दर्भले के देखाउंछ भने काठमाण्डौ बाहिर बिजुलीको झिलिमिली यही पहिला देखियो ।

नेपाली फोटो पत्रकारिताको प्रारम्भविन्दु वीरगंजकै प्रसंगसंग जोडिन पुग्छ । आफ्नो कपासका बगैचामा श्रीचन्द्रकामधेनु चर्खाद्वारा धागो कातिरहेकी वीरगंज बस्ने १२ वर्ष की सुर्यमति श्रेष्ठनीको तस्वीर गोरखापत्रमा पहिलो पटक वि.स. १९९४ साल बैशाख १३ गते छापिएको थियो ।

राजा महाराजा बाहेक जनसामान्यको पहिलो फोटो थियो यो । फोटो पत्रकारिताको इतिहास कोर्ने उक्त तस्वीरलाई नेपाली फोटो पत्रकारिताको प्रथम प्रयासको रुपमा अंकित गरिएको छ । यसरी नेपाली फोटो पत्रकारिताको आदिकालदेखि नै वीरगंजको नाम जोडिन पुगेको छ ।

यी सन्दर्भहरुको आलोकमा के भन्न खोजिएको हो भने, बिजुली प्लान्टको स्थापना वा पहिलो फोटोको छनौटमा कसै न कसैको दृष्टिचेतले पक्कै काम गरेको होला , ती व्यक्ति को हुन ?

वीरगंज सहर भन्दा पहिला अलौ केन्द्र थियो , उसो फेरि वीरगंज अलौतिर ढल्किदैछ । यो विषयमा पछि लेखौला । तर यहा“ंका पुराना वस्तिहरु गहवा, मुर्ली, घडिअर्वा कसरी फेरिए, विर्ता र छपकैया बजार कसरी जमे, तेजारथ टोलले कसरी नाम पायो, सिर्सिया किनारमा कसरी रानीघाट बस्यो, बारा जिल्लाबाट केही गाउ“ंहरु कसरी नगरपालिका भित्र ल्याईयो ।

शंकराचार्यद्वार, घण्टाघर, रंगशाला, बालमन्दिर, सभागृह, बस विसोैनीहरु बनाईदा कस–कसले मुख्य भूमिका खेलेका थिए, कसको योगदान थियो ?

अहिले कुनै व्यक्ति विशेषले निजी फाईदाकालागि जग्गा प्लटिङ्ग गर्छन र आफ्नो नाममा बस्तिको नाम राख्छन् तर जब आर्दशनगरको परिकल्पना गरियो त्यहा“ं अनेकौ व्यक्तिका निजी खेत थियो , जसलाई अहिलेको आ“ंखाले हेर्दा अत्यन्त कम मुआब्जामा अधिग्रहण गरियो ।

जतिखेर आर्दशनगरको प्लटिङ्ग गरेर गुलजार बनाईदै थियो त्यतिखेर नै ती पुराना जग्गा धनिहरु भन्दा नयां धनिहरु लाभमा देखिए । घण्टाघर बस स्टैण्डको लिकरोड, बाइपास रोड, नारायणी रंगशाला बनाईदाको समयमा, त्यस क्षेत्रका अनेकोै जग्गा धनीहरु अहिले अज्ञात छन् । उनीहरुले पाएको मुआब्जा अत्यन्त थोरै थियो । तर उनीहरुले एउटा सुन्दर सहरको सपना बा“च्दै आफुले नोक्सानी व्यहोरे । उनीहरुको योगदान के कम छ ?

चिनारी दिनेलाई चिनाउनु

महल भन्दा गुम्बजका ईटहरुतिर सबैको आ“ंखा जान्छ तर जगमा छापिएका ईटहरु ओझेलमा पर्छन् । मुलतः वीरगंजमा यसका निर्माताहरुकाबारेमा छलफल नेै भएको छैन ।

एउटा ज्यु“दो सहरले आफ्नो इतिहासलाई स्मृतिमा राख्न सक्नुपर्दछ । यो काम वीरगंज महानगरपालिकाले गर्न सक्थ्यो, कुनै पत्रिका विशेषले कुनै अवसर विशेषमा निर्माताहरुको सूचि संकलन गर्न सक्थ्यो, कुनैे इतिहासकारले खोजिको विषय बनाउन सक्थ्यो । तर त्यतातिर अहिलेसम्म खासै प्रयास भएको पाईदैन ।

निर्माताहरुलाई सूचिकृत गर्ने कार्यमा सहज होस त्यसकालागि पहिला वर्गिकरणमा राखेर हेर्नु पर्ने हुन्छ ।  सहजताकालागि सहरका चिनारीहरु स्थापना÷निर्माण कार्यमा अगुवाई गरेका व्यक्तिहरु, नागरिक संस्थाहरु स्थापना गर्ने व्यक्तिहरु, वीरगंजमा जन्म लिई सामाजिक जीवनका विभिन्न क्षेत्रमा कृयाशील रहेका व्यक्तिहरु, वीरगंज घर भई वृतिविकासकालागि अन्यत्र गई आफ्नो क्षेत्रमा सफलता पाएका , वीरगंज बाई च्वाईस् अर्थात वीरगंज लाई छनौट गरी यसलाई कर्मभूमि बनाई सफलता पाएका , वीरगंज क्षेत्रमा नया“ं संरचना विकासमा योगदान दिएको वा शुरुवात गरेको, वीरगंजमा कृयाशील भई राष्ट्यि जीवनमा पहिचान बनाएको , सयमक्रममा वीरगंज केही अवधिकालागि आएका र यहा“ंको समाजमा एउटा प्रभाव छोडेर गएका व्यक्तिहरु, वीरगंंजको भौतिक विकासमा मौन सहयात्रि भएका व्यक्तिहरुलाई परिभाषित गर्दै नामावली तयार गर्ने हो भने वीरगंजको निर्माताहरुको सूचि तयार गर्न सकिन्छ ।

वीरगंजमा व्यवस्थित नगरविकासको परिकल्पना गर्ने र त्यसको संरचना खडा गर्नमा पहल गर्नेहरु , वीरगंजमा दर्शनिय वा समाजोपयोगि भौतिक संंरचना यथा नारायणी रंगशाला, घडिअर्वा पोखरी, नगर सभागृह, नारायणी अस्पताल, शंकंरार्चायद्वार, बाईपास रोड, बस विसौनि, घण्टाघर, अलखिया पुस्तकालय, आर्दश पुस्तकालय र देवकोटा अध्ययन मण्डल जो अब भत्किसकेको छ, विद्यापिठहरु, क्याम्पसहरुको स्थापना, निर्माण र संरक्षण गर्नेहरुको बारेमा अहिले पनि पतो लगाउन सकिन्छ ।

नेपाली राष्ट्यि जीवनका कतिपय महत्वपूर्ण व्यक्तिहरुको जन्म वीरगंजमा भएको छ र त्यो साईनोले यदाकदा वीरगंज आफुलाई गौरवान्वित महशुस गर्ने गरेको छ ।

वीरगंजका कतिपय व्यक्तिहरु कूटनीति, प्रशासन, शिक्षा, साहित्य र कला क्षेत्रमा शीर्ष स्थानमा पुगेका छन्, जसलाई अहिलेका पुस्ताले विर्सदै गएका छन् । यिनीहरुको पनि भूमिका जोडिन पुग्छ ।

कतिपय यस्ता व्यक्तिहरु पनि छन् जो नेपाली नागरिक थिएनन् , यहा“ं नागरिकता पनि लिएनन् तर यहांको समाजमा उज्यालो छर्ने काम गरे । आधुनिक वीरगंजले उनीहरुको योगदानको सम्झना गर्ने पर्छ ।

त्यस्तै वीरगंजलाई नै कर्मभूमि बनाई यहांको समाजिक जीवनलाई योगदान दिदै अगाडि बनाउनेहरु पनि अनेकौ छन् , उनीहरुले अरु सहरमा पनि आफ्नो क्षमताको प्रदर्शन गरी आफ्नो हैसियत हासिल गर्न सक्थे तर , उनीहरुले वीरगंजलाई रोजे र यहा“ंको समाजलाई गति दिन आफ्नो पनि भूमिका बनाए ।

त्यस्तै कुनै समाजिक , आर्थिक , राजनीतिक, स्वास्थ्य, शिक्षा, कानून व्यवसाय जस्ता क्षेत्रमा पहिला वा अगुवा भएर काम गरेकोलाई एउटा चिनारी प्राप्त हुन आउ“ंछ तर उनका काममा सहयोग पुर्याएका, माहौल बनाई दिएकाहरुको नाम ओझलमा पर्छ ।

वीरगंजमा अहिले कसैले कुनै संस्था विशेषलाई केही धुर जग्गा प्रदान गर्दा ठुलो विभुषण दिने चलन चलेको छ तर वीरगंजमा यस्ता कतिपय व्यक्ति वा संस्थाहरु छन् जसको विगहौ सामाजिक काममा प्रयोग भएका छन् । तर अहिलेको वीरगंजलाई त्यसको जानकारी छैन, उदाहरण बाल कल्याण समितिको जुन भवन बनाईएको छ त्यसको स्वामि को थिए ?

त्यस्तै यहा“ंका मठ मन्दिर , धर्मशाला, मस्जिद, गुरुद्वारा, चौतारि , घाट, पोखरी बनाउनेहरु मध्ये अनेकौ गुमनाम छन् । अहिले माईस्थान मन्दिरको पुननिर्माण हुंदा निर्माण समिति, चन्दादाता लगायत सबैको अभिलेख छ तर विगतमा मन्दिरहरु बनाईदा कसले बनाएको थियो, कस कसको भूमिका थियो , चांदीको पिढिया कसले बनायो जस्ता पक्षहरु जानकारीमा छैन ।

वीरगंजमा जात्रा, मेलाहरु कहिले देखि शुरु भयो, कस कसका प्रयासहरु थिए, ति सबका बारेमा खोजि नीति हुनु बांकी नै छ ।

वीरगंजको शिक्षा, स्वास्थ्य, उद्योग, पत्रकारिता, व्यवसाय, समाजिक क्षेत्र, राजनीति, अधिकारकर्मि, साहित्य, संगित, कला, शिल्प, कूटनीति, पर्यटनका क्षेत्रमा कस कसले काम गरे यी सबको पनि लेखाजोखा हुनैपर्छ ।

सहरको विस्तारसंगै नया“ं पुस्तामा पुराना कृयाकलापहरुको बारेमा जानकारी गराउनु एउटा लोकतान्त्रिक अभ्यास नै हो । वीरगंजले आफ्नो सम्झनाको क्षितिजमा आफ्ना पुर्खाहरुको बारेमा सुसुचित हुनै पर्छ । केही यस्ता व्यक्तिहरु पनि छन् जो ज्युदै छन् तर उनीहरु निर्माताको सूचिमा पहिलो पंक्तिमा आउने नामहरु हुन ।

निर्मातारुको सूचिले वीरगंजको बदलिदो तस्वीर र यहांको जीवनलाई प्रदर्शित गर्न बल पुर्याउंछ । निर्माताहरुको सूचि बनाउने काम एउटा यस्तो प्रदक्षिणा हो जसले वर्तमानको विन्दुबाट अतितसम्म आफ्नै बारेमा अर्थात यस सहरकै बारेमा मसिनो तरिकाले जान्न र केलाउंने पूण्यता प्रदान गर्दछ ।

सीमाञ्चलको इतिहास

कुनै पनि देशको वारेमा जानकारी लिन त्यस देशको इतिहासकै अध्ययन गर्नु अति आवश्यक पर्छ । मानवीय इतिहासकै क्रममै राष्ट्रिय इतिहासको क्रम शुरु हुने हुदा इतिहासकारहरुले सत्य र तथ्यको आधारमा राष्ट्रिय इतिहासको निर्माण गर्ने प्रयास गरेको हुन्छन् । इतिहासले नै हिजोको राष्ट्रिय स्थितिको जानकारी दिने हुदा“ आजको कार्यमा सजिलो भई भोलिको लागि परिकल्पना गर्न सिकाउछ ।

नेपाल—भारत सम्बन्धका बारेमा विवेचना गरिंदा सीमा वारी र पारी बस्ने जनताको सम्बन्धको इतिहास बारे त्यति मिहिन प्रकाश पारेको देखिदैन । पृथ्वीनारायण शाहले गोर्खाराज्यको सीमा फैलाउने क्रम देखि अहिलेको नेपाल—भारतको सीमा क्ष्ँेत्रमा बस्ने सामान्य मानिसको सम्बन्धको इतिहासलाई सीमाञ्चलमको इतिहास मान्न सकिन्छ ।

नेपाल—भारत सीमाञ्चलवासीवीचको सम्वन्धमा वीरगंजको भूमिका महत्वपूर्ण रहेको पाइन्छ । भौगोलिक कारणले पनि वीरगंज एउटा महत्वपूर्ण सरोकार भएर नेपाल भारत सम्वन्धलाई आयाम दिएको छ । नेपाल भारत वीचको जनस्तरको सम्वन्धलाई वहुआयामिक वनाउन वीरगंजले निर्माण गरेको इतिहासलाई खोतल्नु जरुरी छ । इतिहास ऐतिहासिक साधन वा सामग्रीहरुका आधारमा तयार हुने एउटा विज्ञान जस्तै विषय हो ।

नया“ साधन र स्रोतहरु प्राप्त भएपछि इतिहासको स्वरुप वदलिन्छ । यो विषयमा अनुसन्धानको वाहुल्यता रहन्छ । त्यसैले समय समयमा प्राप्त नया“ सामग्रीहरुको संयोजन गरी इतिहासलाई वढाउनु पर्ने हुन्छ । कुनै पनि देशको भौगोलिक अवस्थाको त्यस देशको इतिहासमा ठुलो प्रभाव परेको हुन्छ ।

विश्वका सवै देशहरुले आआफ्नो भौगोलिक अवस्थाकै आधारमा नीति निर्धारण र कार्यान्वयन गरेका हुन्छन् । देशको विकास पनि मुख्यतः भौगोलिक वनोटवाट प्रभावित हुन्छ । दुई मुलुक वीचको सम्वन्ध स्थापनामा पनि शहर विशेषको भूगोलले इतिहास तय गर्छ ।

वीरगंज समावेसी शहर हो । यहा“ विभिन्न समुदायका नागरिकहरु वसोवास गर्छन्, यहा“ विभिन्न भाषाभाषीहरुको संगम छ । वीरगंजसंग जोडिएको भारतीय शहर रक्सौलको पनि नेपाल संगको साइनो पुरानो रहेको छ ।

इतिहास वितेको घटनाहरुको विवरण हो । वास्तविक इतिहासले भविष्यको मार्ग निर्धारण गर्छ । वीरगंज हुन त सवा सय वर्ष पुरानो शहर हो तर नेपालको सीमा भित्र वीरगजले ओगटेको भूभाग हुन आएको दुई सय वर्ष पुगेको छ । नेपाल भारत सम्वन्धका सन्दर्भमा वीरगंजको चर्चा नभईकन इतिहास अधुरो रहन्छ । यी दुई मुलुक वीचको सम्वन्धको ऐतिहासिक पृष्ठभूमिमा शहरहरुको कथा पनि आफैमा इतिहासका स्रोतहरु हुन् । त्यस अर्थमा वीरगंजको चर्चा इतिहास लेखनमा सान्दर्भिक हुन आउछ ।

नेपाल र भारतको सम्वन्धमा जनस्तरको यो सम्वन्धलाई वास्तविक राष्ट्रिय हितहरुद्वारा संरक्षण प्रदान गर्न सकिएन भने जनस्तरका सम्वन्धका विश्वास र घनिष्टताका जत्रासुकै उच्च शिखरहरुमा पनि क्रमशः पहिरो जान थाल्छन् । यो पनि दुई राष्ट्रहरु वीचको सम्बन्धको अर्को जटिल एवम् संवेदनशील पक्ष हो ।

सिमाना क्षेत्रमा जन्मी हुर्किएको व्यक्तिलाई कतिपय कुराको सामान्य ज्ञान भएपनि सीमानाको वास्तविक महत्व जान्न चाहि केही सूक्ष्म ज्ञान पाउ“नुपर्ने रहे छ भन्ने लागेको छ । यस्तो ज्ञान पुस्तक पढेर वा सुनेर मात्र जान्न सकिदैन । तथापि यस्ता श्रोत पनि सहायक हुन्छन् ।

कतिपयले नेपालको भौगोलिक एकीकरण पछि नेपालीवीचको आवतजावतमार्फत जोडने र बाहिरी दुनिया पु¥याउने आधार सीमावर्ति क्षेत्रको रेलसेवाले नै गरेको मान्छन । नेपाल भित्रको प्रशासनिक कामकाजका लागि पनि यहि माध्यमको छनोट गर्नु पर्ने बाध्यता थियो । नेपालभित्र लामो समयसम्म आवागमनको आन्तरिक आधार नहुदा“ त्यहि भएर गुज्रिनु पथ्र्यो ।

बरु वि.स. २०४६ साल पछि विस्तारै यो निर्भरतामा ह्रास आउंदै गएको छ । सीमावर्ति रेलसेवामाथिको निर्भरताले नेपाली जीवनलाई दक्षिणमुखि बनाएको थियो जो विस्तारै आफ्नै “केन्द्र” तिर फर्किन थालेको छ । यसले नेपाली राज्यको विकासक्रमको यात्रालाई पनि झल्काउंछ । अर्थात शिक्षा, स्वास्थ्य, व्यापारका लागि आफ्नैतिर मोडिएको छ । नेपाल भारतको स्थायी राजनीतिक नक्सा सन् १८१६ को सुगौली सन्धिवाट शुरु भएको हो । त्यस अघि लडाई भईरहने र सीमाना पनि वदलि रहने गर्दथ्यो ।

नेपाल र भारत सीमाना क्षेत्रमा वासोवास गर्ने जनता माझको सम्वन्धको आफ्नै ऐतिहासिकता छ । अहिलेको आधुनिक दुई राज्य निर्माण नह“ुनु भन्दा पहिले देखि कै यी दुई मुलुक वीचका सम्वन्ध हुन । सीमाना क्षेत्रका शहर वजारहरु कालान्तरमा विकसित हुदै गएका हुन जो समय क्रममा सीमाञ्चलवासी वीचको सम्वन्धको सेतुको रुपमा उदाएका छन् । नेपाल भारत सम्वन्धको विभिन्न पक्षको ऐतिहासिक अध्ययनका लागि फराकिलो अध्ययनको आवश्यकता छ ।

सीमाञ्चल साईनो

नेपालका लागि भारत मित्र मात्र होइन छिमेकी पनि हो । उत्तर अमेरिकाको क्यानाडासम्म, व्रिटेनको अस्ट्रेलिया र क्यानाडासंगको सम्वन्ध भन्दा पनि वढी गहिरो सम्वन्ध रहेको, नेपाल भारत सम्वन्धलाई लिइन्छ । नेपाल — भारत सीमाञ्चलवासी सम्बन्धमा वीरगंजको भूमिकाको सारांश र निष्कर्षका वारेमा विवेचना गर्नु भन्दा पहिले सम्वन्धका आधारहरु दर्शाउन जरुरी छ ।

नेपालको अहिलेको राजनीतिक भूगोल कायम भएदेखि नै नेपाल भारत वीचको सम्वन्ध विशेष रहदै आएको छ । राणाकाल, २००७ साल देखि २०१७, तथा २०१७ देखि २०४६, २०४६ देखि अहिलेसम्मका सम्वन्ध समान रेखामा चलेको छैन । नेपाल–भारत सीमाञ्चलवासी सम्वन्धको प्रतीकको रुपमा वीरगंज ठडिएको छ । नेपाल–भारत सम्वन्धको आरोह र अवरोहको प्रभाव यस क्षेत्रमा पनि देखिने गरिएको छ । वीरगंज नेपालको मुख्य आर्थिक नाका हो । संगै नेपालको राजनीतिक उतार चढावको प्रयोग भूमि पनि यसैले नेपाल–भारत वीचको सम्वन्धमा वीरगंजले विशेष अर्थ राख्दछ ।

नेपाल भारत सम्वन्ध विकास गर्नको लागि दुवै देशले सीमाञ्चलवासीको भावनालाई वुझनु पर्छ । दुईटैतिरको सीमा क्षेत्रमा विकास तथा उन्नतिको प्रयत्न गर्नुपर्छ । काठमाण्डौ र दिल्ली वीचको सम्वन्ध निर्धारणमा सीमाञ्चलवासीको सरोकार र स्वार्थलाई प्राथमिकता दिनु पर्छ । त्यसैगरी सीमाञ्चलवासीका माझ गतिरोध नआओस त्यसका निमित पनि दुवै देशका तर्फवाट केन्द्रले पहल गर्नुपर्छ । सीमाञ्चलको भावना लिएर हिड्दा नै दुवै देशको सम्वन्धमा स्थायीत्व आउ“छ ।

दुवै देशको सीमानालाई वैज्ञानिक रेखांकन गरी सही व्यवस्थापन गरेमा नेपाल भारतका समस्यामा धेरै कमी आउन सक्छ । दुवै देशका वारिपारि वस्ने जनताको सामाजिक  विसंगति, प्राकृतिक विपद, साझा मूल्य मान्यतामा क्षरण, गरिवी, अशिक्षा, संक्रामक रोग जस्ता समस्यावाट समान रुपमा जुझनु परिरहेको छ । त्यसका निमित पनि एक अर्कासंग सहयोगको अपेक्षा छ ।

नेपाल–भारत वीचको इतिहास लेखनमा जहिले पनि केन्द्रनै प्रभावि देखियो । काठमाण्डौ र दिल्लीमा वस्ने सरकारसंगको सम्वन्धका वारेमा मात्र अभिलेखहरु राखियो । तर यी दुई मुलुक वीचका सम्वन्धमा स्थान विशेषहरुको पनि भूमिका रही आएको छ । अबको आवश्यकता भनेको स्थान विशेषहरुको भूमिकाको खोजी गर्दै यी दुई मुलुक वीचको सम्वन्धको कडी निर्माण गर्नु हो । सीमाञ्चलवासी माझको सम्वन्धले नै स्थान विशेषको उपादेयता निर्माण गरेको छ ।

सीमाञ्चलवासीसंग हाम्रो सांस्कृतिक, आर्थिक आदान प्रदान गहिरो छ । सीमाञ्चलवासी माझको सुसम्वन्धवाट नै सुरक्षा, जनजिविका र उन्नती गर्न सकिन्छ । हुन त एकअर्का वीच वढी सम्पर्क जस्तै आतेजाते, लेनदेन र उठवस हुदा कुनै वेलामा कटुता वा मनमुटाव हुन जानु सृष्टिको स्वाभाविक प्रक्रिया हो । यहा प्रस्तुत गर्न खोजिएको इतिहास र दुई मुलुक वीचको सम्वन्धको आधार पहिल्याउनु तथा स्थान विशेषको भूमिकाको परिचय दिनु हो ।

जमाना बहुकेन्द्रको

संघीय लोकतान्त्रिक गणतन्त्रमा एउटै मात्र केन्द्र हुदैन । वहु केन्द्रहरु हुन्छन् । अवको समयमा नेपाल– भारत वीचको चिनारी काठमाण्डौसंगको सरोकार र सामिप्यवाट मात्र प्रतिध्वनित हुदैन । विभिन्न स्थानहरु अर्थात स्थान–स्थान वीचको सम्वन्धले निर्धारित÷निरोपित हुनुपर्छ । इतिहासको कोणवाट अहिलेसम्म यस्ता कुरा ओझेल हुदै गरे । राज्यको केन्द्रिकृत वनोट जस्तै इतिहास लेखन पनि एकांकी केन्द्रकृत भयो । त्यसैले नेपाल–भारत सीमाञ्चल सम्वन्धमा वीरगंजको भूमिकाको अभिरेखांकन गर्दा त्यसको महत्वको उच्चता स्थापित गरिएको छ ।

नेपाली समाजको हरेक कुनावाट समावेशीकरणको आवाज गुञ्जिरहेको छ । सदियौं देखि वहिस्करणमा पर्दै आएका तमाम वर्ग, समुदाय तथा क्षेत्र समावेशिकरणको मुद्दा सहितको विमर्शमा प्रवेश गरेका छन् । नेपाली समाज असमावेशि भएर नै समावेशीकरणको चर्को वहस चलेकोमा दुई मत छैन । यो कटु वास्तविकता पनि हो । इतिहास लेखन पनि असमावेशी हुदै आएको छ । वीरगंजको भूमिका उठानले यस वहसलाई तार्किक वनाउन वल मिल्छ । संस्थागत वा नियोजित असमावेशीकरणको लामो इतिहास वोकेको नेपालमा समावेशीकरणको चर्चा हुन थालेको धेरै भएको छैन ।

समावेशीकरण सधै लोकतन्त्रसंग जोडिएर आउछ । यसै सन्र्दभमा इतिहासमा स्थान विशेषहरुले ओगटनुपर्ने ठाउ खोजी गर्नु मुनासिव हुन्छ ।