×

वीरगन्ज २३ साउन विज्ञाना प्रयोगशाला निर्माणगरि सरकारी विधालयलाइ हस्तातरण गरिएको छ । एक कार्यक्रमगरि वीरगन्ज चिनीमिल स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयलाइ सुविधासम्मपन्न प्रयोगशाला हस्तातरण गरिएको हो । क्वेस्ट फार्मास्युटिकल्स प्रा. लि. को आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित विज्ञान प्रायोगशाला तथा विभिन्न दाताहरुको सहयोगमा ३६कम्प्युटरको प्रयोगशालाको उदघाटन पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले गर्नुभएको थियो । भुकम्मप पछि विद्यालयका भौतिक अवस्था जिर्णभएपछि व्यवस्थापन समितीका अध्यक्ष विजय सरावगीको विशेष पहलमा विद्यालयमा धेरै बिकास भएको बताउदै शिक्षकहरुद्धारा शैक्षिक स्तरको विकासमा धयान दिनुपर्ने आवश्यता रहेको जिल्ला अधिकारी घिमिरेले बताउनु भयो । उहाले ३करोड भन्दापनीबढीको लगानिमा विभन्न निर्माण कार्यहरु भइरहेको कार्यक्रममा बताउनु भयो । जानकारी गराइको थियो । अध्यक्ष सरावगीको अनुरोधमा विद्यालयका विद्यार्थीहरुको उत्कृष्ट भविष्यको लागी ८लाखको लागतमा विज्ञान प्रयोगशालाको निमार्ण गरि हस्तान्तरण गरिएको क्वेष्ट फर्माप्रालिका प्रबन्ध निर्देशक पृथ्वीराज भन्डारीले बताउनु भयो । बाइट... अध्यक्षको रुपमा सहभागी हुँदै । कार्यक्रममा स्वागत मन्तब्य राख्दै विद्यालय व्यस्थापन समितिका अध्यक्ष विजय सरावगीले विशेष पहलमा विद्यालयमा दाताहरुको सहयोगमा ३ करोड भन्दा अधिक लगानी भएको बताउदै विद्यालयमा २ तल्ले भवन निर्माण भएको बताउदै नेपालमै सरकारी विद्यालयहरुमा रहेका प्रयोगशाला भन्दापनि उतकृष्ट प्रयोगशाला क्वेटफर्माद्धारा हस्तातरण गरिएकोमा धन्यवादसमेत व्यक्त गर्नुभयो ।उहाले दाता संघ संस्थाहरुको सहयोगमा विद्यालयका लागि थप योजनाहरु ल्याउने आफु तैयारीमा रहेको बताउनु भयो । केहि वर्ष पहिला जिर्ण अवस्थामा पुगिसकेको विद्यालयको व्यस्थापन समितिको अध्यक्षमा भएको बिकासले धेरै उत्साहित भएको बताउनु भयो ।विद्यालयमा कक्षा १ २ तह सम्म प्रयोग गर्न सकिने विज्ञान प्रायोगशाला , ३६ वटा कम्प्युटर भएको इन्भर्टर र सिसिटिवी क्यामेरा जडान गरिएको प्रयोगशाला निर्माण गरीएको कार्यक्रममा जानकारी समेत गराइएको थियो ।कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका पर्साका अध्यक्ष प्रदिप यादव र क्वेस्ट फार्मास्युटिकल्सका निजु राजभण्डारीको विशेष आतिथ्य तथा पत्रकार महासंघ पर्सा साखाका अध्यक्ष स्याम बन्जारा, विद्यालयका प्रधानअध्यापक राजेश पाण्डे, वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा, वरिष्ठ पत्रकार जगदीश शर्मा, वरिष्ठ समाजसेवी मधु राना, शिवशंकर पटेल तथा अन्य अतिथिहरुको विशेष उपस्थिति रहेको थियो ।

Back to top