×

वीरगन्ज २२ साउन वीरगन्ज महानगरपालिका कार्यालय र विद्युत प्राधिकरण वीरगन्ज कार्यालयमा ज्ञापन पत्र बुझाईएको छ । संघिय समाजवादी फोरम नेपाल नगर कमिटिले वीरगन्ज महानगरपालिका कार्यालय र विद्युत प्राधिकरण वीरगन्ज कार्यलयमा ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराएको छ । विभिन्न ठेकेदार कम्पनि तथा स्थानीय प्रशासनको कमजोरी र लापरवाहीले गर्दा वर्षाको समयमा वीरगन्ज नगरक्षेत्र जलमगन हुनेगरेकोले स्थानीय वासिन्दालाइ सास्ती भोज्नु पर्दा पनि वीरगन्ज महानगरपालिका कार्यालयले आफ्नो काम कर्तव्य ठिक तरिकाले नगरेकोले कार्यालयलाइ तत्काल कुनै समाधान निकाल्न संघिय समाजवादी फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष विजय कुमार सरावगीले बताए । त्यसैगरि वीरगन्ज महानगरपालिका क्षेत्र तथा पर्साका विभिन्न ठाउँहरुमा अनियमित तरिकाले हुने गरेको विद्युत कटौतीलाइ पनि नियन्त्रण गर्न फोरम नेपालले विद्युत प्राधिकरणको कार्यालय पुगी ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्र बुझाउने बेला युवा नगर कमिटिका अध्यक्ष सद्दाम हुसैन, महिला कमिटिकि अध्यक्ष परेमा सिंह, जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी, केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि करिमा बेगम लगायत अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Back to top