×

वीरगन्ज साउन लियो क्लब अफ वीरगन्ज सेन्ट्रल सिटिले वीरगन्ज वडा नं. ९ स्थित आमाको माया छात्रावासमा खाद्यन तथा स्टेशनरी सामाग्री सहयोग छ ।

आज लियो क्लब डिस्ट्रिक्ट काउन्सिल ३२५ वि२ का एरिया संयोजक हिमांशु वर्णवालको अध्यक्षता तथा लियो क्लब वीरगन्ज सेन्टरला सिटिका अध्यक्ष कृष्ण रौनियारको प्रमुख आथित्यमा आमाको माया छात्रावास आयोजित खाद्यन तथा स्टेशनरी सामाग्री सहयोग कार्यक्रममा लियो क्लब अफ वीरगन्ज सेन्ट्रल सिटिका सदस्यहरुले छात्रावास खाद्यन तथा स्टेशनरी सामाग्री सहयोग गरेका हुन् ।आमाको छात्रावासका सह सहयोगी रुपेश लामिछानेको आथित्यमा सम्पन्न उक्त कार्यक्रममा क्लबले भविष्यमा पनि छात्रावासलाइ यसै प्रकारले सहयोग गर्ने वाचा गरेको छ ।

क्लबले छात्रावासका विद्यार्थीहरुका लागि एक महिना सम्म पुग्ने गरि खाद्यन तथा स्टेशनरी सामाग्री सहयोग गरेको क्लबका सदस्य सन्दिप विक्रम साहले जानकारी दिए । आमाको माया छात्रावासमा अहिले देशको विभिन्न ठाउँ बाट आएका १५ जना छात्रा हरु छन् । आर्थिक स्थित कम्जोर भएका अथवा देशको दुर्गम ठाउँ बाट आएका छात्राहरुलाई यहाँ निशुल्क बस्ने र पढ्ने व्यवस्था मिलाइएको छ ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष शशिकान्त सर्राफ, सदस्य सन्दिप कुमार पण्डित, प्रकाश गुप्ता, सन्दिप विक्रम साह, आशु सर्राफ लगायात अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

Back to top