×

वीरगन्ज २१ साउन बिरगंज कलेजले आफ्नो तेश्रो वार्षिक उत्तस्वको उपल्क्षमा रक्तदान कार्यक्रम सम्पन गरेकोछ ।

कार्यक्रममा १० महिला सहित ७० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा पूजा सुवेदी, हर्षा साह, निर्माला साह, नेहा केसरी, दिपेन्द्र कुमार चौधरी, सुरेश चौधरी, दर्शन केसी, चन्द्रिका पटेल, बिजय केसरी, अजय साह, नरेस साह, भागीरथ राम, सुनिल यादव लगायत कक्षा ११, १२ तथा बि.बि.एस. का छात्र छात्राहरुले रक्तदान गरेका थिए ।

कार्यक्रमको अध्यक्ष्ता दिपेन्द्र कुमार चौधरीले गर्नु भएको थियो भने कलेज प्रमुख बिनोद गुप्ता, प्रशासकिय प्रमुख सुरेश चौधरी, कार्यक्रम संयोजक रुदल ठाकुर, पत्रकार सत्रुधन नेपाल, कलेजका शिक्षक निमा जयसवाल, धर्मेन्द जयसवाल, रेयाजुल हवारी, चन्द्रिका पटेल, बिजय केसरी, अजय साह, नरेस साह, भागीरथ राम, सुनिल यादव तथा रेड क्रस सोसाइटिबाट धर्मेन्द्र झा, नितेश साह लगायतका उपस्थिति रहेको थियो ।

Back to top