लायन्स क्लब अफ बिरगंजले सुवर्णपुर गाउपालिका ६ मा निःशुल्क स्वास्थ्य शिविर गरे

308

Share
  •  
  •  
  •  

वीरगन्ज २१ साउन सुवर्णपुर गाउँपालिका ६ साविक महादेवपटीको शान्तिटोलको शिवशक्ति प्र, बी मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ चतुरमुखी बनसमिती को अायोजकत्वमा तथा लायन्स क्लब अफ बिरगंज स्माइल को अयोजना र आशाराम हस्पिटल को औषधी सहयोग मा निशुल्क स्वास्थ्य शिविर मा ६७० महिला बालबालिका तथा पुरुश बिरामी लाई उपचार तथा अौषधि निशुल्क वितरण भएको डा.एम डि राजाले जानकारि दिए ।
शनिबार आयोजना गरेको शिविरमा सहभागिहरुको जेनरल, आँखा, हाड जोर्नि तथा स्वास्थ्य संबन्धि अन्य चेकजाँच गरिएको उनले बताए ।
शिबिरमा जेनरल फिजिसियन डा. एम डि राजा, अदितिय तिवारी, डा , डबल बहादुर बुढा ,डा नारायण आचार्य,डा आमिर आलम ,डा मुकुन्द दाहाल ,डा ईमाम हुसैन,मिथलेस गिरी लगाएतले स्वास्थय चेकजाँच गर्नुभएको थियो ।
स्वास्थ्य चेकजाँचका क्रममा फेला परेका विरामिहरुलाइ निशुल्क अौषधि बितरण गरिएको थियो । साथै शिबिरमा चेकजाँचका क्रममा गम्भीर प्रकृतिका समेत बिरामि भेटिएकाले उनिहरुको अावश्यक उपचार डा.एम डि राजाले आफ्नै खर्चमा निशुल्क गरिदिने बताए । समय समयमा डा एमडी राजाले ग्रामिण छेत्र का बिभिन्न ठाउँमा शिबिर गर्दै आई रहेकाछन ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here