श्री श्याम झुला महोत्सव सम्पन्न

313
बीरगंज २० श्रावण  प्रत्येक बर्ष झै यस बर्ष पनि श्री श्याम नवयुवक मण्डलले धुमधामका साथ श्री श्याम झुला महोत्सवको आयोजना गरेको छ । बीरगंजको टिवडेवाला धर्मशालामा आयोजना गरिएको २१ औं महोत्सवमा अखण्ड ज्योती पाठ, निशान पुजा, छप्पन भोग, नृत्य नाटिका, अद्भुत श्रृंगार, भजन कीर्तन तथा शोभा यात्राको समेत आयोजना गरिएको आयोजक समितीका संयोजक परमानन्द कादमियाँँले बताउनु भएको छ । बिहिबार देखी शुरु भएको महोत्सवमा भारतबाट आएका श्याम अग्रवाल, राधा शर्मा, मयूर रस्तोगी र बीरगंजका कुलदिप शर्माले बिभिन्न सांगितिक प्रस्तुती गर्ने महोत्सवका संयोजक कादमियाँले बताउनु भयो । दिउँसो ज्योती बिर्सजन एवम् शोभा यात्रा निकालिने र मारवाडी समुदायमा आफ्नो मनोकांक्षा पुरा होस भनी श्याम बाबाको निशान स्वरुप झण्डा उढाउने गरेका । यसो गर्नाले आँउदो दिनमा आफ्नो र आफ्नो घर परिवारलाई राम्रो हुने मारवाडी समुदायको मान्यता रहेको अध्यक्ष संतोष अग्रवालले बताउनु भयो ।