वीरगंजको विकाशका लागि कोसंग आस गर्न सकिन्छ ? वीरगंज महानगरको प्रमुखको प्रतिस्पर्धीमा आएको नाम

3399

राम सर्राफ, वीरगंज २० साउन स्थानीय चुनाव नजिकिदै जाँदा वीरगंज महानगरको प्रमुखको प्रतिस्पर्धीका रुपमा कयौं नाम अगाडि आएका छन् र अहिले ईसबै नामहरु सोसल मिडीया मार्फत आफनो प्रचार गरि वीरगंज महानगरको कायापलट गर्ने बाचा समेत गरिरहेका छन । तर यस्ता प्रचार गरिरहेका छन उनिहरु पछिला समयमा यस वीरगंज महानगरलाई कसरी लुटेका छन आम वीरगंज बासीमा उजागर नै छ । वीरगंज महानगरको प्रमुख पदका उम्मेदवार मध्ये चर्चा बटुलन संघीय समाजवादी फोरम नेपालबाट विजय कुमार सरावगी, राष्ट्रिय जनता पार्टीबाट विमल श्रीवास्तव र राजेशमान सिंह, नेपाली कांगे्रसबाट अजय कुमार द्विवेदी, नेकपा एमालेबाट बसरूद्दिन अन्सारी र माओवादी केन्द्र बाट रह्बर अन्सारी रहेका छन् ।  संघीय समाजवादी फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष उद्यमी तथा समाजसेवी विजय कुमार सरवागी लामो समय देखि वीरगंज र वरिपरिको विकासमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग र्पुयाउदै आएका सरवागी केहि दिन पुर्व मात्रै संघीय समाजवादी फोरम नेपाल संग आबद्ध भएका छन् वीरगंज महानगरपालिकाबाट उत्कृष्ट करदाताको रुपमा चर्चा चलेको थियो ।  विमल श्रीवास्तव २० वर्ष पहिला नगरको बिकाशका लागी डंका बजाउदै वीरगंजका लागि काम गरेका ब्यक्ती हुन । केहि समय पहिला विमल श्रीवास्तवको अधिनमा राजनीति सिखेका राजेशमान सिंह र विमल श्रीवास्तव विच राजपाले कसले मेयर छान्ने भने अहिले प्रस्ट भएका छैन । यता वीरगंजका युवा वर्गमा चर्चित रहेका राजेशमानले पछिले चुनावमा राम्रो मत लयाएका थिए ।  अजय कुमार द्विवेदी नेपाली कांग्रेस पर्साका बर्तमान सभापति र पुर्व सभासद द्विवेदी भने निर्वाचन बेला मात्र जनता समक्ष देखा पर्ने गर्छन । पहिलो संबिधान सभामा पर्साको क्षेत्र नं. २ बाट प्रत्यक्ष तर्फा बाट निवार्चित द्विवेदीले आफ्नो कार्यकालमा काम नगरे पछि र जनताको इच्छा अनुसार उभिन नसके पछि दोश्रो संबिधान सभाको निर्वाचनमा क्षेत्र नं. २ का जनताले वहाँलाइ हारको बाट देखाएका थिए । उनि आफनै मुखले भनेको कुरा पुरा गर्दैन्न किनकी उनी नेपाली कांग्रेस पर्साका बर्तमान सभापति चुनाव जितन अगाडी धेरै बाचा गरेका थिए सो मध्य एउटा पनि काम गरेन्न तर शुभावको उनी धनी ब्यक्ती हुन उनका कार्यकर्ताहरुको भनाई रहेको छ । नेकपा एमालेका नवप्रवेशी र नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरूद्दिन अन्सारी । अन्सारीले दोश्रो संबिधान सभाको निर्वाचनमा माओवादी केन्द्र बाट पर्साको क्षेत्र नं. २ बाट सभासदको चुनाव लडेका थिए । नेकपा एमालेका सांसद विचारी यादवले भारि मत बाट पराजित गरेका थिए । अन्सारी अहिले घाम पानीमा  पनि खुबै पार्टीको गोष्ठि र कार्यकर्ता भेलाहरुमा व्यस्त छन् । यता निर्वाचनको मिति सार्वजनिक भए पछि देखा परेका माओवादी केन्द्रका उम्मेदवार रह्बर अन्सारी गण्डक अस्पतालका प्रमुख कार्यकारी अधिकृत हुन् र विदेश बाट आफ्नो स्नातकोत्तर तहको पढाइ पुरा गरि अहिले इनि खुबै प्रचारबाजीमा लागेका छन् । मिठो आवाज भएका इनि हिजोआज स्कुल र क्याम्पसहरुमा आफ्नो चुनावी प्रचार गर्न व्यस्त छन् । रेडियो कार्यक्रमहरुमा अन्तरबार्ता दिदै हिड्ने इनि आफु संग वीरगंज विकासको लागि धेरै योजना भएको बताउ छन ।