×

वीरगन्ज १९ साउन राय सुझाव संकलनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोगले वीरगंजमा सरोकारवालासँग छलफल गरेको छ । आयोगका अध्यक्ष कमल नारायण दाससहितको टोली बिहीबार बीरगञ्ज पुगेर राय संकलन गरेको हो ।

२१ दिनको कार्य अवधि पाएको आयोगले श्रावण ११ गतेबाट औपचारीक रुपमा राय सुझाव संकलन गर्ने क्रममा बिहीबार वीरगंजमा सुझाव संकलन गरेको हो । राजनितिक दलका स्थानीय प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी, प्राध्यापक लगाएत समाजका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रममा संघीय ढाँचामा क्षेत्र निर्धारण गर्दा के कसरी गर्न उपयुक्त हुन्छ भन्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रमका सहभागिहरुले भौलोगिक बनोटलाई पनि आधार मान्नु पर्ने बाध्यात्मक अवस्था रहेपनि जनसंख्यालाई मुख्य आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा संसदद्धय राजकुमार गुप्ता, विचारी यादव, पुर्व सभासद् आत्माराम प्रसाद साह, राजपाका नेता शशिकपुर मिया, नयाँ शक्ति पार्टीका बलिराम साह, नेकपा माओवादी केन्द्रका पिएल श्रेष्ठ, एमालेका प्रभु हजरा, कांग्रेसका दिना गुप्ता लगाएतले क्षेत्र निर्धारण सम्बन्धमा राय प्रस्तुत गरेका थिए ।

Back to top