१० दिने श्रीराम कथा महाज्ञान तथा गायत्री महायज्ञ सम्पन्न

119

वीरगंज १९ साउन श्रीराम कथा महाज्ञान तथा गायत्री महायज्ञ आज सम्पन्न भएको छ । साउन ९ गते देखि शुरु १० दिने यज्ञ आज बिधिवत रुपमा सम्पन्न भएको हो । रामचन्द्र प्रसाद रौनियारले माईस्थान मन्दिर पार्कमा आयोजना गर्नु भएकोे यज्ञमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे,प्रहरी उपरिक्षक सुदिप गिरी, वीरगंजका कार्यकारी अधिकृत पिताम्बर अधिकारी, वीरगंजका बरिष्ठ उद्योगी व्यवसायि, समाजसेवी लगायतक हजारौ स्थानियहरुको सहभागिता रहेको यज्ञ आयोजका सुपुत्र बिजय कुमार रौनियारले बताउनु भयो ।
यसैबिच समापन समारोहमा १० दिने महाज्ञान यज्ञलाई बिशेष सहयोग पुरयाउने हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष पंडित पुरुषोत्तम दुवेलाई अभिनन्दन गरिएको थियो भने गायत्री प्रज्ञा पिठका धर्मेन्द्र गुप्ता, नेता ओमप्रकास सर्राफ,संचार सहयोगी राकेश साह ,हिन्दू परिषदका धर्मेन्द्र पटेल,सुरेन्द्र कलवार लगायत स्वंयसेवकहरुलाई सम्मानित गरिएको थियो ।
समापन समारोहमा बोल्दै हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुवेले १० दिने यज्ञले वीरगंजका जनता हर्षित हुनुको साथै धेरै धर्मका कुरा जानेको बताउनुभयो । वहाँले वीरगंजमा पनि आमा बुवाको सपना पुरा गर्ने श्रवणरुपी छोराहरु रहेको बताउदै बुवाको सपना सकार गर्न यज्ञ गराउने बिजय कुमार रौनियारलाई बिशेष धन्यवाद दिनुभएको थियो ।
साथै हिन्दू परिषदको तर्फबाट नारायणी अंचल संयोजक धर्मेन्द्र पटेलले यज्ञ अविधिभरी कथा वाचन गरेका भारत मेरठका आर्चाय पंडित जनार्धन तिवारीलाई अभिनन्दन गर्नुको साथै सम्मान गरिएको थियो भने केन्द्यि सदस्य रामेश्वर प्रसाद गुप्ताले हिन्दू परिषदबाट पंतजलीका बिजय सरावगी , गायत्री परिवारका धर्मेन्द्र गुप्ता, युवा नेता ओमप्रकास सर्राफ, सुरेन्द्र कलवार सम्मान गर्नुभएको थियो । यज्ञलाई लक्ष्मी नारायण फैन्सी सेन्टर महाबिर स्थान र गायत्री प्रज्ञा पिठ माईस्थानले व्यवस्थापन गरेको थियो ।


SHARE