×

वीरगन्ज १८ साउन । पर्सा सुँन चाँदी व्यवसायी संघको साउन ७ गते सम्पन्न भएको दोस्रो साधारण सभाबाट मुन्ना भनिने निरज सरार्फ पूनः अध्यक्षपदमा सर्वसहमतीबाट निर्वाचित पछि आर्काे पक्षको टाउको दुखाई भएको छ ।

साउन ७ गते वीरगन्जको गोपाल मण्डलीमा पर्सा सुँन चाँदी व्यवसायी संघको विधिवत साधारसभाको आयोजना गरेको र सोही साधारण सभाले निरज सर्राफलाई सर्वसहमत रुपमै अध्यक्ष पदको जिम्मेवारी दिएको थियो ।

पर्सा सुँन चाँदी व्यवसायी संघको दोस्रो विषेश साधारण सभामा अध्यक्षका लागी भुलन सर्राफ र निरज सर्राफ आ–आप्mनो नमोनयन दर्ता गराएकापनि निर्वाचनबाट आफु चुनिने अवस्था नदेखिएपछि भुलन सर्राफ साधारण सभाबाट बाहिरिएको संघका सदस्यहरुले बताएका छन् ।

अध्यक्ष पदको दावेदारी गरेपनि निर्वाचनबाट जित सुनिस्चित भएको नदेखेपछि होहल्ला गरी भुलन सर्राफ बाहिरीएपछि साधारण सभाले सर्वसहमत र्निणय गर्दै निरज सर्राफलाई अध्यक्ष पदमा निर्वाचत गरेको मुख्य निजर्वाचन अधिकृत अमर केसीले जानकारी दिनुभयो । उहाँले विधीर प्रकृयालाई अपनाई सुँन चाँदी व्यवसायी संघको निर्वाचनलाई सफल पारिएको दावी गर्नुभयो।

संघमा आवद्ध २०२ सदस्य मध्य नविकरण गराएका १५३ जनाको साधारण सभामा उपस्थिती रहेको र उक्त सदस्यहरुले नै निरज सर्राफालाई सर्वसहमत रुपमा अध्यक्ष निर्वाचत गरेको निर्वाचन अधिकृत केसीले जानकारी दिनुभयो।

अध्यक्ष बन्ने लालशाबाट ओतप्रोत भएका भुलन सर्राफकोे सपना संघका सदस्यहरुले नै तुहाइदिएपछि उनी संघका अध्यक्षलाई बदनाम गर्न विभिन्न खाले परपंच गरी रहेको सदस्यहरुको आरोप रहेको छ । संघका सदस्यहरुले विश्वास नगर्दा अध्यक्षपदबाट बन्चित भएका भुलन सर्राफ संघलाई बदनाम गर्ने कृयाकलापनमा उत्रीएको सदस्यहरुको आरोप रहेको छ ।

यसै विषयमा सुँन चाँदी व्यवसायि संघका अध्यक्ष निरज सर्राफसंग बुझदा उहाँले अध्यक्ष बन्न नपाएको झोमका भुलन कपोलकलपित समाचार लखाई आफनो चरित्र हत्या गर्ने प्रयास गरेको प्रतिकृया दिनु भएको छ । उहाँले भ्रम सिर्जना र चरित्र हत्याबाट भलुन सर्राफले केही हासिल नगर्नै बताउदै अध्यक्ष सर्राफले संघका सदस्यको विश्वासलाई आर्जन गर्न सुझाव दिनु भएको छ ।

अध्यक्ष पदबाट बन्चितभएका भुलन सर्राफ र उनका आसेपासेहरुले केहि दिन अगाडी वीरगन्जको छपकैयामा स्थित श्रीराम हल नजिकको एक होटलमा संचारकर्मीहरुलाई आप्mनो पक्षमा समाचार प्रकासित गर्नेका लागि सुरा भोजको व्यवस्था गरेका थिए । उक्त भोज कै प्रभावका कारण संघका विषयमा विभिन्न भ्रामक समाचारहरु केही पत्र पत्रीकाले प्रकासित गरीहरेको अध्यक्ष निरज सर्राफको दावी रहेको छ ।

यसै बिषयमा भुलन सर्राफसंग बुझदा, साधारण सभामा ३९ जना सदस्यहरुलाई प्रवेशै नदिई संघको पदाधिकारी चुनिनु गलतभएको भुलन सर्राफले दावी गर्नु भयो। उहाँले “निरज सर्राफ त मेरो ठुलो दाई हुन, उनलाई जहिले पनि म दुवै हात जोडी ढोक्छु, उनीमा कुनै गलती छैन ,उनीसंगै रहेका केहि ब्यक्ति गलत भएकोले यो विबाद आएको हो, हामी आउने शनिबार स्थानिय नेता विजय सर्राफको घरमा बसि सबैकुरा मिलाउने सहमती गरेका छौ ” बताउनु भयो ।

Back to top