×

वीरगन्ज १८ साउन सुख्खा बन्दरगाह को निमार्णसंगै श्रीसिया परवानीपुर वाइपास सडक निर्माण पछि हरपतगंज गाउमा हुदै आएको डुवान समास्या संघीय समाजावादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्षको विशेष पहलमा समाधान हुने भएको छ ।स्थानिय जनताको गुनासोलाइ मध्यनजर गर्दै बर्षौ देखि बर्षाको समयमा हुनेगरेको डुवानलाइ जिल्ला अध्यक्ष यादवको पहलमा समाधान हुनेभएको हो ।सडक डिभिजन कार्यालय पथलैयाका इन्जिनियर अशोक यादव ,फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादव ,हरपतगंजनका पुर्व गाविस अध्यक्ष नागेन्द्र यादव,पुर्वउपाध्यक्ष रामविलास यादव,शिक्षक सुरेन्द्र यादव,पारस यादव,हदिस अंसारी ,उपन्द्र यावद लगायतका स्थानिय अगुवाहरुको डुवानक्षेत्रको निरिक्षण र छलफल पश्चात डुवान समस्या तत्कालिक र दिघंकालीन दुइरुपमा समाधान गरिने निर्णय भएको छ । तत्कालको लागी डोजर र स्कार्भेटर लगाएर कच्ची नाला बनाइ पानीको निकास दिने निर्णय भएको इन्जिनिय अशोक यावदले बताए । साथै प्रत्येक बर्षहुने डुबान समस्या दिर्घकालिन रुपमा समाधान गर्नको लागी बाइपास सडकमा कलभर्ट निर्माण गर्ने निर्णय गरिएको जनाइएको छ । चारलाइनको श्रीसिया परवानीपुर सडक ६लाइनमा पुनह निर्माण भइरहेको सडकको हरपतगंज चौक नजिकै कलभर्ट बनाउने निर्णय भएको जिल्ला अध्यक्ष प्रदिप यादवले बताउनु भयो । उहाले हरपतगंजमा बर्षातको समयमा डुवानको व्यापक समस्या छ कलभर्ट बनाएपछि पानिको निकास मर्लहिया नदिमा गरिने निर्णय भएको बताउनु भयो ।

Back to top