नेपालको उत्तरी क्षेत्र तथा भुटानको डोकलाममा चिनले आफ्नो सिमा विस्तार गरेको भन्दै बिरगंजमा चिन विरोधि प्रर्दशन ७ पक्राउ

2205

वीरगंज, १७ साउन चाइनाको हस्तक्षेपको विरोधमा भन्दै प्रदर्शनमा उत्रिएका सक्रिय मधेसी समाजका ७ जना भन्दा बढीलाई प्रहरीले वीरगंजको परवानिपुरबाट आज पक्राउ गरेको छ ।
भुटानको डोकलाम तथा नेपालको उत्तरी क्षेत्रमा चिनले आफ्नो सिमा विस्तार गर्दै गएको भन्दै समाजले आज वीरगंजमा प्रदर्शन गरेको थियो । विभिन्न प्ले कार्ड सहित वीरगंजको आदर्शनगर बाट निस्केको ¥यालि परवानिपुर सम्म पुगेर फर्कने क्रममा चिनिमिल आवास क्षेत्र नजिकैबाट प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विष्णु पटेल, आजम मंसुरी, ओम बाबु सुनार, तुफैल मियाँ, सुरेस प्रसाद कुर्मी, व्रिजेस पटेल, बजरंंगी पटेल लगायत रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको पर्साका प्रहरी प्रवक्त प्रहरी नायव उपरिक्षक रुचक्रराज जोशिले बताउनुभयो ।


यसै विच शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने आफुहरुको अधिकार माथी पर्सा प्रहरीले ज्यादतिपूर्ण ढंगले दबाउन आफ्ना साथीहरुलाई पक्राउ गरेको ¥यालिको नेतृत्व गरेका उमेश शहनिले प्रतकृया दिए । शान्तिपूर्ण रुपमा आफ्ना मागहरु राखेर ¥यालि निकालेको अवस्थामा प्रहरीले हस्तक्षेप गर्नु कायर प्रबृत्ती भएको भन्दै लोकतन्त्रमा आफ्ना कुरा राख्न पाउने संवैधानिक अधिकार माथिको ठाडो हस्तक्षेप रहेको उनको प्रतिकृया छ । आफ्ना सहकर्मिहरुलाई रिहाइ नगरे शसक्त प्रतिकारमा उत्रने पनि सहनिले चेतावनि दिए ।
यता पर्सा प्रहरीले भने विना जानकारी ¥यालि निकालेको र चिन विरोधी गतिविधि गरेकाले उनिहरुलाई पक्राउ गरिएको जनाएको छ । यात्रा डेलीसंग कुरा गर्दै पर्साका प्रहरी प्रमुख सुदिप गिरी भने यस्ता कार्य आईन्दा नगर्ने जिम्मा सक्रिय समाजका अध्यक्ष उमेशलाल सशनीले लिएकोले हामी सबैलाई छोडेका है ।